सुकमा, 02 जून (हि.स.)। छत्तीसगढ़को सुकमामा सोमवार पुलिस र सीआरपीएफ अधिकारीहरू समक्ष पीएलजीए बटालियनका दुई हार्डकोर नक्सली सहित अन्य डिवीजनहरूमा सक्रिय कूल 16 नक्सलीहरूले आत्मसमर्पण गरे। आत्मसमर्पित नक्सलीहरूमाथि छग शासनद्वारा कूल 25 लाखको पुरस्कार घोषित छ।
य़ी आत्मसमर्पित नक्सलीहरूमा एक महिला र एक पुरूषमाथि 08-08 लाख, एक पुरूषमाथि तीन लाख, तीन पुरूषमाथि 2-2 लाखको पुरस्कार घोषित छ। सुकमा जिल्ला पुलिस अधीक्षक किरण चौहानले आत्मसमर्पणको पुष्टि गर्दै भने, आत्मसमर्पित नक्सलीहरूलाई “छत्तीसगढ़ नक्सलवादी आत्मसमर्पण पुनर्वास नीति -2025 अन्तर्गत प्रोत्साहन राशि एवं अन्य सुविधाहरू प्रदान गरिनेछ।
पुलिस अधीक्षकले भने, छत्तीसगढ़ शासनको “छत्तीसगढ़ नक्सलवादी आत्मसमर्पण पुनर्वास नीति” एवं “नियद नेल्ला नार” योजनाले प्रभावित हुनका साथै अति संवेदनशील क्षेत्रहरूमा लगातार क्याम्प स्थापित हुँदा नक्सलीहरूले आत्मसमर्पण गरिरहेका छन्। यही क्रममा नक्सल संगठनमा सक्रिय एक महिला सहित 16 नक्सलीले समाजको मुख्यधारामा जोड़िने उद्देश्यले आज सुकमा पुलिस अधीक्षक कार्यालयमा बिना हतियारको आत्मसमर्पण गरेका छन्।
पुलिस अधीक्षकले भने, पुनर्वास नीति-2025 अन्तर्गत प्रत्येक आत्मसमर्पित नक्सलीलाई 50-50 हजार रूपियाँको मानले प्रोत्साहन राशि एवं अन्य सुविधाहरू प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी