नयाँ दिल्ली, 02 जून (हि.स.)। देशभरिमा कोरोनाको नयाँ रोगीको बढ्दो संख्याले भाइरसलाई लिएर एक पल्ट फेरि चिन्ता बढ्न थालेको छ। कोरोनाको नयाँ लहरमा जनवरीदेखि अहिलेसम्म 28 जनाको मृत्यु भइसकेको छ। गत 24 घण्टामा कोरोनाले चार जनाको मृत्यु भएको छ। देशमा कोरोनाको सक्रिय मामिलाहरूको संख्या 3961 भएको छ।
सोमवार स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले भन्यो, कोरोनाको मामिलाहरूमा सबैभन्दा पहिलो स्थान केरलको छ, जहाँ 1435 सक्रिय मामिला अघि आएको छ। त्यसपछि महाराष्ट्र छ, जहाँ 506 र दिल्लीमा 483 सक्रिय मामिला छन्। पश्चिम बंगालमा 331, गुजरातमा 338 कोरोनाको सक्रिय मामिला छन्।
स्वास्थ्य विभाग अनुसार, कोरोनाको सक्रिय मामिलाहरूको संख्या 3961 छ र गत 24 घण्टामा कूल चार जनाको मृत्यु भएको छ। यसमध्ये एकको मृत्यु दिल्लीबाट दर्ता गरिएको छ, जो एक 22 वर्षीय महिला थिइन्, जसलाई पहिले टीबी भएको थियो। यसका साथै कोरोनाले एक मृत्यु तमिलनाडूमा भएको छ, जसमा एक 25 वर्षीय पुरूष सामेल छ। मृतकलाई अस्थमाको समस्या थियो। केरल र महाराष्ट्रबाट एक-एक कोरोना रोगीको मृत्यु भएको छ। यसका साथै जनवरीदेखि अहिलेसम्म कोरोनाले मर्नेहरूको संख्या 28 पुगेको छ।
स्वास्थ्य मन्त्रालय अनुसार, भारतमा कोरोनाको मामिलामा यो वृद्धि भेरिएन्ट एनबी.1.8.1 र एलएफ.7 बढ़ेको कारण भएको बताइँदैछ, जबकि जेएन.1 अहिलेपनि प्रमुख स्ट्रेन बनेको छ। स्वास्थ्य अधिकारीहरूले मानिसहरूसित शान्त रहने र भीड़ रहने ठाउँहरूमा स्वच्छता बनाएर राख्ने चेताउनी दिएका छन्। जुन वयस्कहरूलाई पहिलेदेखि नै कुनै रोग छ, जसले भ्याक्सिन वा बूस्टर डोज लगाउन पाएका छैनन्, उनीहरूमा कोरोना भाइरसको खतरा अधिक छ।
हिन्दुस्थान समाचार / भवानी थामी