मुम्बई, 02 जून (हि.स.)। महाराष्ट्र एटीएस (महाराष्ट्र आतङ्कवाद निरोधी दस्ता) ले सोमवार बिहान ठाणे जिल्लाको भिवन्डी शहर स्थित बोरीवली गाउँको साथ पडघामा आतङ्कवादसित जोड़िएको एक मामिलामा छापा मारेको छ। लगभग आठ जनालाई हिरासतमा लिइएको बताइँदैछ। यस मामिलाको अधिकृत जानकारी एटीएसले दिएको छैन तर घटनास्थलबाट एटीएसले आतङ्कवादसित जोड़िएको डिजीटल साक्ष्य फेला पारेको जानकारी छ।
सूत्रहरू अनुसार, महाराष्ट्र एटीएसले भिवन्डी शहरको बोरीवली गाउँ र पडघा क्षेत्रमा आतङ्कवादमा लिप्त संदिग्ध मानिसहरूबारे इनपुट पाएको थियो। यसैले गर्दा एटीएस टीमले आज बिहान लगभग पाँच बजीदेखि यहाँ धेरै घरहरूमा एकसाथ छापा मार्नु शुरू गऱ्यो।
छापामारीमा एटीएसको साथ लगभग चार सयभन्दा धेरै पुलिसकर्मी पनि उपस्थित थिए, जसबाट कुनै अप्रिय घटनालाई रोक्न सकियोस्। यस छापामारीमा एटीएसले 2003 मुम्बई बम धमाकाहरूको मामिलामा दोषी र सिमी (स्टूडेन्ट्स इस्लामिक मूवमेन्ट अफ इण्डिया) को पूर्व पदाधिकारी साकिब नाचनको घरको पनि तलाशी लिएको छ।
साकिब नाचनले 2017 मा आफ्नो शिक्षा पूरा गरेपछि फेरि आतङ्की गतिविधिहरूमा भाग लिएकाे एटीएसले शंका गरेकाे छ। 2003 मा मुम्बईमा भएको बम धमाकाहरूमा धेरै निर्दोष नागरिक मारिएका थिए। उमाथि यी धमाकाहरूमा अहम भूमिका निभाएको आरोप थियो। फेरि उसको संदिग्ध गतिविधिहरूको कारण एटीएसले यो कारबाही गऱ्यो। छापामारीमा केही अहम साक्ष्य हात लागेको बताइँदैछ।
उल्लेख्य, प्रतिबन्धित सिमीको पदाधिकारी साकिबलाई पहिले 2 आतङ्की मामिलामा दोषी ठहर गरिसकेको छ। यसमा 2002-2003 मा मुम्बई सेन्ट्रल रेलवे स्टेशन विले पार्ले र मुलुन्ड बम धमाका सामेल छन्। यी आतङ्की घटनाहरूमा धेरैको ज्यान गएको थियो। 2017 मा सजाय पूरा गरेदेखि उ फेरि कट्टरपन्थी गतिविधिहरूमा सामेल भएको आरोप छ।
हिन्दुस्थान समाचार / भवानी थामी