नयाँ दिल्ली, 02 जून (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीत धनखड़ र प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगानाको स्थापना दिवसमा राज्यवासीहरूलाई बधाई औं सफलता र समृद्धिको शुभकामना दिएका छन्। राज्यले राष्ट्रिय प्रगतिमा अनेकौं योगदान दिएको छ उनीहरूले बताका छन्।
राष्ट्रपतिले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेकी छन्, तेलंगानाहरूलाई राज्य स्थापना दिवसमा हार्दिक शुभकामना। यस युवा राज्यमा समृद्ध सांस्कृतिक विरासत र आर्थिक तथा तकनीकी विकासको जीवन्त आधुनिक पारिस्थितिकी तन्त्र छ। तेलंगानावासीहरू प्रगति र समृद्धिको बाटोमा अघि बढ़ोस्, मेरो यही कामना छ।
उपराष्ट्रपतिले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेका छन्, तेलंगानावासीहरूलाई राज्य स्थापना दिवसमा हार्दिक शुभकामना। आफ्नो दृढ़ता र विशिष्ट सांस्कृतिक पहिचानको निम्ति चिनिने यस राज्यले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ, जसले विकास र कल्याणप्रति यसको प्रतिबद्धतालाई दर्शाउँछ। राज्य र यसका मानिसहरूले आउने वर्षहरूमा अझ् अधिक शिखरहरूलाई प्राप्त गर्दै निरन्तर प्रगति गरिरहुन्।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा भने, गत एक दशकमा एनडीए सरकारले राज्यवासीहरूका लागि 'जीवनको सुगमता' बढ़ाउनका लागि धेरै कदम उठाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेका छन्, तेलंगानाको स्थापना दिवसमा राज्यका अद्भुत मानिसहरूलाई बधाई। राज्यले राष्ट्रिय प्रगतिमा अनेकौं योगदान दिएको छ। गत एक दशकमा एनडीए सरकारले राज्यवासीहरूका लागि 'जीवनको सुगमता' बढ़ाउनका लागि धेरै कदम उठाएको छ। राज्यवासीहरूलाई सफलता र समृद्धिको शुभकामना।
उल्लेख्य, तेलंगाना राज्यको आज 9औं स्थापना दिवस हो, जसलाई पूरा राज्यमा उत्साह र उल्लासको साथ मनाइँदैछ। 02 जून 2014 मा आन्ध्र प्रदेश पुनर्गठन अधिनियम, 2014 अन्तर्गत आन्ध्र प्रदेशदेखि छुट्टिएर तेलंगाना एक नयाँ राज्यको रूपमा अस्तित्वमा आएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी