प्रय़ागराज, 20 जून (हि.स.)। खुल्दाबाद थाना क्षेत्रमा अटला नजिक शुक्रवार भोर बिहानी पुलिसको बदमाशहरूसित भिड़न्त भयो। भिड़न्तमा मोटर साइकल सवार बदमाश गोली लाग्दा घाइते भयो। उसको साथीलाई पनि पक्राउ गरियो। घाइते बदमाशलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। यो जानकारी पुलिस उपायुक्त नगर अभिषेक भारतीले दिए।
उनले भने, घाइते बदमाशसित सोधपुछ गर्दा उसले आफ्नो नाम अब्दुल्ला बताएको छ। उसको उपचार अस्पतालमा गराइँदैछ। जबकि पक्राउ गरिएको उसको साथीले आफ्नो नाम भानुप्रताप बताएको छ। पुलिस टीमले अपराधीदेखि एउटा मोटर साइकल र पेस्तोल र कारदूत जफत गरेको छ। सोधपुछमा जानकारी पाइएको छ कि खुल्दाबादको अटाला मोहल्ला स्थित एउटा रेस्टोरेन्टमा बमबाजी यी दुई अपराधीले नै गरेका थिए। पुलिस टीमले अहिले भानुप्रतापसित सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी