मेड्रिड, 20 जून (हि.स.)। टेनिसका महान खेलाड़ी राफेल नडाललाई स्पेनका राजा फेलिपे VI ले बिहिवार ‘मार्क्विस’ को उपाधिले सम्मानित गरेका छन्। यो सम्मान उनलाई खेल क्षेत्रमा उनको अद्वितीय योगदान र देशको निम्ति गौरव बढ़ाउनका लागि दिइएको हो।
राजमहलको तर्फबाट जारी एक आधिकारिक बयानमा भनियो, उनी (सम्मानित व्यक्ति) स्पेनको निम्ति गर्वका कारण हुन् र ती मूल्यहरूका प्रतीक हुन्, जसले समाजलाई प्रेरणा दिनसक्छ।
22 पल्टका ग्राण्ड स्लाम विजेता नडालले गत वर्ष पेशावर टेनिसबाट सन्यास लिएका थिए। उनलाई यो उपाधि राजा फेलिपे VI को शासनकालको 10औं वर्षगाठको उपलक्ष्यमा दिइयो, जसमा छह विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरियो।
जुन अन्य हस्तिहरूलाई उपाधि दिइयो, त्यसमा प्रसिद्ध पप-रक गायिका लूज़ कासाल र प्यारालम्पिक तैराक टेरेसा पेरालेस सामेल छन्।
नडाललाई अब उनको गृह द्वीप ‘मायोर्का’ को नाममा 'मार्क्विस अफ ल्लेवान्त डी मायोर्का' को उपाधि प्राप्त भएको छ। यो एक वंशानुगत उपाधि हो, जसलाई उनका वंशजले अगाड़ी प्राप्त गर्नसक्नेछन्।
39 वर्षीय नडालले फ्रेञ्च ओपनलाई रेकर्ड 14 पल्ट जितेर इतिहास रचेका छन्। उनलाई गत महिना रोलां गैरोमा सेन्ट्रल कोर्टमा एक स्थायी ‘फुटप्रिन्ट’ को साथ सम्मानित गरिएको थियो।
यो उपाधिले स्पेनमा नडालको असाधारण विरासत र खेलमा उनको उपलब्धीहरूलाई संधैको निम्ति स्मरणीय बनाउनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी