भारतले ईरानमा फंसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई पनि स्वदेश फर्किनमा मद्दत गर्नेछ
भारतले ईरानमा फंसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई पनि स्वदेश फर्किनमा मद्दत गर्नेछ


काठमाण्डौं, 21 जून (हि.स.)। भारतले युद्धग्रस्त ईरानबाट भारतीय नागरिकहरूका साथै नेपाल र श्रीलंकाका नागरिकहरूलाई पनि स्वदेश फर्किनमा मद्दत गर्नेछ। नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा भारतले यी देशहरूका नागरिकहरूलाई स्वदेश फर्किनमा मद्दत गर्ने जानकारी दिएको छ।

ईरानको राजधानी तेहरान स्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई दूतावासको सम्पर्कमा रहनु भनेको छ। भारतीय दूतावासले नेपाली र श्रीलंकाका नागरिकहरूका लागि एमरजेन्सी हेल्पलाइन नम्बर जारी गर्दै तत्काल आफ्नो विवरण दिनु भनेको छ। भारतीय दूतावासले एक्स ह्याण्डलमा एमरजेन्सी नम्बर जारी गर्दै नेपाली र श्रीलंकाका नागरिकहरूलाई दूतावासको सम्पर्कमा आउने र आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिनु भनेको छ। भारतले ईरानको युद्धग्रस्त क्षेत्रबाट आफ्नो नागरिकहरूलाई निकाल्न र उनीहरूलाई सकुशल स्वदेश ल्याउन अपरेशन सिन्धु शुरू गरेको छ। यही अन्तर्गत अब भारतले आफ्ना छिमेकी देशहरूका नागरिकहरूलाई पनि स्वदेश फर्किनमा मद्दत गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande