नयाँ दिल्ली, 22 जून (हि.स.)। आयुष मन्त्रालयको तत्वावधानमा अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए) ले एनटीपीसीको केन्द्रिय विद्यालय परिसरमा पूरा उत्साहको साथ 11औं अन्तरराष्ट्रिय योग दिवस पालन गऱ्यो। लगभग 2000 मानिसहरू विशाखापत्तनमबाट लाइव सत्र र केन्द्रिय विद्यालय एनटीपीसी परिसरमा कमन योग प्रोटोकलको माध्यमले प्रधानमन्त्री मोदीसित जोड़िए।
यस अवसरमा पांचजन्यका प्रधान सम्पादक हितेश शंकर मुख्य अतिथि थिए, यस कार्यक्रममा प्रो. (डा.) मंजूषा राजगोपालाको साथ जनसम्पर्क अधिकारी सिद्धार्थ झा पनि उपस्थित थिए। एआईआईए निदेशक प्रभारी प्रो. (डा.) महेश व्यास, डीन पीएच.डी; प्रो. (डा.) योगेश बडवे, डीन पीजी; डा. एम.एम. राव, एम.एस., एआईआईए; डा. शिव कुमार हरती, एचओडी स्वस्थवृत्त एवं योग विभाग तथा अन्य स्टाफले पनि हिस्सा लिए।
यस अवसरमा स्वस्थवृत्त एवं योग विभागले औपचारिक रूपमा योग एवं आहारको माध्यमले गैर-संचारी रोगहरूको प्रबन्धन नामक पुस्तकको विमोचन गरे। यसका साथै एआईआईएले औपचारिक रूपमा एक योग पार्कको उद्घाटन गऱ्यो। यो समर्पित स्थान योगको नियमित अभ्यासलाई प्रोत्साहन गर्न र विद्वानहरू, कर्मचारीहरू र व्यापक समुदायबीच स्वास्थ्य र कल्याणको निम्ति एक समग्र दृष्टिकोणलाई प्रोत्साहित गर्न स्थापित गरिएको हो।
एक अन्य कार्यक्रममा अखिल भारतीय आयुर्वेद संस्थानले सुप्रीम अफ इण्डियाको साथ मिलेर शनिवार सुप्रीम कोर्ट परिसरमा विशेष योग सत्रको आयोजना गऱ्यो। भारतका मुख्य न्यायाधीश बीआर गवई र सुप्रीम कोर्टका न्यायाधीशहरूका साथै निदेशक (स्वतन्त्र प्रभार) एआईआईए प्रो. (डा.) मंजूषा राजगोपाला र एआईआईएका कर्मचारीहरूले कार्यक्रममा भाग लिए।
हिन्दुस्थान समाचार / भवानी थामी