नयाँ दिल्ली, 22 जून (हि.स.)। रक्षा राज्य मन्त्री संजय सेठको नेतृत्वमा एक भारतीय प्रतिनिधिमण्डल 23 देखि 26 जूनसम्म केन्या र मेडागास्करको यात्रामा रहनेछ। रक्षा राज्य मन्त्रीले 23 जूनमा ताइता तवेटा काउन्टीमा भारत र केन्याका शहीद सैनिकहरूको सम्मानमा बनाइएको समर स्मारकको अनावरण गर्न केन्याको यात्रा गर्नेछन्। उनी दौड़ाहको दोस्रो चरणमा 26 जूनमा एन्टानानारिवोमा मेडागास्करको स्वतन्त्रताको 65औं वर्षगाठ र मालागासी सशस्त्र बलहरूको गठन समारोहमा भाग लिन मेडागास्कर जानेछन्।
भारत र केन्या समुद्री छिमेकी राष्ट्र हुन्। दुवै देशबीच समकालीन सम्बन्धहरूको विशेषता उच्च स्तरीय आदान-प्रदान, मजबुत व्यापार एवं निवेश, केन्यासित चिकित्सा मूल्य यात्रा र व्यापक जन-जन सम्पर्क छ। दुवै देशबीच उपनिवेशवाद विरूद्ध संघर्षको एक साझा विरासत रहेको छ। धेरै भारतीयहरूले केन्याको स्वतन्त्रता संग्राममा भाग लिए औं उसको सहयोग गरे। भारत र मेडागास्करबीच पनि बहुआयामी सम्बन्ध छ, जुन ऐतिहासिक सम्बन्धहरू, साझा मूल्यहरू र क्षेत्रीय स्थिरता तथा विकासप्रति वचनबद्धतामाथि आधारित छ।
दुवै देशबीच यो साझेदारी राजनीतिक, सैन्य, आर्थिक र कूटनीतिक क्षेत्रहरूमा फैलेको छ, जसले पारस्परिक विकास एवं सहयोगको निम्ति साझा दृष्टिकोणलाई उजागर गर्दछ। रक्षा राज्य मन्त्रीको दुवै अफ्रीकी देशहरूको यो यात्रा केन्याको रक्षा मन्त्रालयको क्याबिनेट सचिव र मेडागास्करको मिनिस्टर अफ आर्म्ड फोर्सेसको निमन्त्रणमा भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी