नयाँ दिल्ली, 22 जून (हि.स.)। ईरानका राष्ट्रपति मसूद पेजेशकियानले आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीसित टेलीफोनमा कुराकानी गरे। दुवै नेताले ईरान-इजराइल संघर्ष सहित क्षेत्रीय स्थितिमाथि चर्चा गरे। प्रधानमन्त्रीले हालको तनाउमाथि गहिरो चिन्ता व्यक्त गरे र संवाद औं कूटनीतिलाई समाधानको मार्ग बताए।
वार्तामा राष्ट्रपति पेजेशकियानले प्रधानमन्त्रीलाई क्षेत्रको वर्तमान स्थिति र ईरान-इज़राइल संघर्षमाथि विस्तारले जानकारी दिए। प्रधानमन्त्रीले भारतको तर्फबाट शान्ति र मानवताको पक्षमा खड़ा रहने कुरा गरे। प्रधानमन्त्री मोदीले भने, क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको शीघ्र बहालीको निम्ति तुरन्तै तनाउ कम गर्ने आवश्यकता छ। उनले यस दिशामा संवाद र कूटनीतिक प्रय़ासहरूलाई अगाड़ी बढ़ाउनमाथि बल दिए।
प्रधानमन्त्रीले भारतीय नागरिकहरूको सुरक्षित निकासी र पुनर्वासमा दिइऱहेको सहयोगको निम्ति राष्ट्रपति पेजेशिकयानको आभार व्यक्त गरे। दुवै नेताले आपसी सहयोगलाई अझ् बलियो बनाउने प्रतिबद्धता दोहोराए। यस सहयोगमा व्यापार, आर्थिक साझेदारी, विज्ञान र प्रौद्योगिकी तथा जन-जनबीच सम्बन्धहरूलाई प्रमुखता दिइयो। दुवै नेताले भविष्यमा सम्पर्कमा बनिरहनमाथि सहमति व्यक्त गरे।
ईरान र इजराइलबीच हालमा बढ़ेको सैन्य तनाउले पश्चिम एशियामा अशान्तिको स्थिति बनेको छ। अब अमेरिका पनि ईरानको तीन न्यूक्लियर ठेगानाहरूलाई निशाना बनाएर यसमा सामेल भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी