मुर्शिदाबाद, 22 जून (हि.स.)। जिल्लामा कान्दी थाना अन्तर्गत मथुरा मोड़ नजिक बहरमपुर-कान्दी राज्य सड़कमा आइतवार बिहान भएको सड़क दुर्घटनामा चार महिला समेत लगभग पाँच जनाको मृत्यु भयो जबकि 14 जना घाइते भए। मुर्शिदाबाद मेडिकल कलेज अस्पताल एवं कान्दी महकुमा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। यसमध्ये केहीको स्थिति चिन्ताजनक बताइएको छ। डाक्टरहरूलाई मर्नेहरूको संख्या बढ्न सक्ने आशंका छ।
पुलिस अनुसार, 20 तीर्थयात्रीहरूको एक दल बीरभूम जिल्ला स्थित एक मन्दिरबाट पूजा गरी ट्रेक्टरमा फर्किरहेको थियो। आइतवार बिहान लगभग 11 मथुरा मोड़ नजिक ट्रेक्टरले सड़क किनार खड़ा एउटा डम्परलाई ठक्कर दियो र पल्टियो। यस घटनामा चालक समेत पाँच जनाको मृत्यु भयो भने 14 जना घाइते भए।
पुलिस सूत्रहरू अनुसार, मृतकहरूमा बेनू रानी सरकार (45), शम्भू सरकार (40) र ललिता सरकार (50) सामेल छ। बाकी दुईको अहिले पहिचान हुनसकेको छैन। मृतक र घाइते मुर्शिदाबादको हरिहरपाड़ा थानाको रुकुनपुर क्षेत्रका बताइएका छन्। दुर्घटनाको खबर पीड़ितहरूका परिजनहरूलाई पठाइएको छ। यस दुर्घटनाको कारण स्टेट हाईवेमा केही बेरको निम्ति यातायात बाधित रह्यो। यद्यपि, पुलिसले स्थितिलाई नियन्त्रित गऱ्यो। अथक प्रयासपछि जाम खोलाइयो र स्टेट हाईवेमा यातायात सामान्य भयो।
हिन्दुस्थान समाचार / भवानी थामी