बीजापुर, 22 जून (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लामा पामेड़ थाना क्षेत्र अन्तर्गत नक्सल प्रभावित ग्राम सेन्ड्राबोर र एमपुरमा नक्सलीहरूले शनिवार अबेर राति दुई गाउँलेहरूको अपहरण गरेपछि खबरीको आरोप लगाएर हत्या गरे।
जानकारी अनुसार, यसमा एक समैय्या पहिले नक्सली थियो, उसले 2025 मा आत्मसर्पण गरेको थियो भने वेको देवा गाउँले हो। यिनीहरूलाई मिलाएर बीजापुर जिल्लामा एक हप्तामा यो 5औं हत्या हो। लगातार नक्सलीहरूद्वारा गरिरहेको हत्याको घटनाले गाउँमा भयको माहोल छ र कुनैपनि गाउँले घटनालाई लिएर बोल्न तयार छैन। बीजापुर एसपी जितेन्द्र यादवले भने, यस्तो घटनाको जानकारी उनले पाएका छन्, यसको पुष्टिको निम्ति जाँच गरिँदैछ।
शनिवार राति भारी संख्यामा हतियार बोकेका नक्सलीहरूले सेन्ड्राबोर र एमपुर पुगेर आत्मसमर्पित नक्सली समैय्या र गाउँले वेको देवाको अपहरण गरे। यस अवधि दुवैलाई नक्सलीहरूले निर्ममतापूर्वक कुटे, उनीहरूमाथि खबरीको आरोप लगाउँदै निर्मम हत्या गरे। हत्याको घटनालाई परिणाम दिएपछि नक्सलीहरूले दुवै गाउँलेको शवलाई गाउँमै फ्याकेर भागे।
जब पुलिसलाई यसको जानकारी भयो तब जवानहरूलाई घटनास्थलको निम्ति पठाइयो। पुलिसले आइतवार घटनास्थलमा पुगेर मामिलाको छानबीन गरिरहेको छ। पुलिस एवं सुरक्षाबलहरूद्वारा जारी कारबाहीमा ठूला नक्सली क्याडरहरू मर्दा एवं भारी संख्यामा आत्मसमर्पण र गिरफ्तारीले पूरा नक्सली संगठन अत्यन्तै दुर्बल भइसकेको छ, यसबाट रूष्ट नक्सलीहरूले अब स्कूल र कलेजका नानीहरूसम्मको हत्या गरी आफ्नो अस्तित्वलाई कायम राख्ने अन्तिम प्रय़ास गरिरहेका छन्।
17 जूनमा नक्सलीहरूले बीजापुर जिल्लाको पेद्दाकोरमा गाउँमा तीन गाउँलेको डोरीले गला घोटेर हत्या गरेका थिए। यसमा एक 13 वर्षीय 7औं कक्षाको छात्र अनिल माड़वी र दोस्रो 20 वर्षीय कलेज छात्र सोमा मोड़ियाम र तेस्रो गाउँले नवयुवक सामेल छ। यसका साथै नक्सलीहरूले गाउँका दर्जनौं गाउँलेहरूलाई बन्धक बनाएर आफूसित लगेर गएका थिए। यद्यपि, उनीहरूलाई निर्ममतापूर्वक कुटेपछि पछि मुक्त गरियो।
वस्तुतः पेद्दाकोरमा गाउँका तीन मृतक डीव्हीसीएम क्याडरको आत्मसमर्पित नक्सली दिनेश मोड़ियमका आफन्त हुन्। नक्सलीहरूले आरोप लगाए कि यिनीहरूले उसलाई आत्मसमर्पण गर्न उकसाए, उबाट पैसा लिए, यसैले यिनीहरूको हत्या गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी