पञ्जाब पुलिसले अमृतसरमा आईएसआईका दुई जासूसलाई पक्राउ गऱ्यो
पञ्जाब पुलिसले अमृतसरमा आईएसआईका दुई जासूसलाई पक्राउ गऱ्यो


चण्डीगढ़, 22 जून (हि.स.)। पञ्जाब पुलिसले अमृतसरबाट पाकिस्तानी गोप्य एजेन्सी आईएसआईका दुई जासूस गुरप्रीत सिंह उर्फ गोपी फौजी र साहिल मसीह उर्फ शालीलाई पक्राउ गरेको छ। पुलिसले धेरै दिनदेखि यिनीहरूमाथि नजर राखिरहेको थियो।

पुलिस महानिदेशक गौरव यादवले बताए, प्रारम्भिक जाँचमा थाहा लागेको छ कि गुरप्रीत सिंह उर्फ गोपी फौजी पाकिस्तानी एजेन्सी आईएसआईका एजेन्टहरूको सीधा सम्पर्कमा थियो र उसले पेन ड्राइवको माध्यमले गोपनीय र संवेदनशील सूचनाहरू साझा गरिरहेको थियो। यस मामिलामा मुख्य आईएसआई ह्याण्डलरको पहिचान राणा जावेदको रूपमा गरिएको छ। पक्रा परेका दुवै आरोपी जावेद राणालाई नै जानकारीहरू उपलब्ध गराइरहेका थिए।

उनले बताए, पुलिसले यिनीहरूदेखि दुई मोबाइल फोन पनि जफत गरेको छ, जसको प्रयोग आईएसआई ह्याण्डलरहरूसित कुराकानी गर्न गरिँदैथियो। अहिले यिनीहरूको फोन फोरेन्सिक जाँच र साइबर जाँचको निम्ति पठाइएको छ ताकि त्यसबाट गोपनीय जानकारीहरू हासिल गर्न सकियोस्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande