उत्तराखण्डमा ट्रकसित ठोकियो कार, हरियाणा निवासी चार जनाको मृत्यु
कार


देहरादून, 22 जून (हि.स.)। उत्तर प्रदेशका सहारनपुरतिरबाट देहरादून आइरहेको एउटा कार आइतवार बिहानै थाना क्लेमेन्टाउन अन्तर्गत आशारोड़ी नजिक सीमेन्ट लोड गरिएको ट्रकसित ठोकियो। यस दुर्घटनामा हरियाणा निवासी 4 जनाको मृत्यु भयो जबकि एक व्यक्ति गम्भीर रूपमा घाइते भएको छ।

पुलिस अनुसार, घटना लगभग तीन बजीको हो। एक मारूति रिट्ज कार (एचआर 42 ई-2701) सहारनपुरबाट देहरादून आइरहेको थियो। सोही अवधि कार आशारोड़ी नजिक अगाड़ी कुदिरहेको सीमेन्ट लोड गरिएको ट्रक (एचआर-63 एफ-5353) सित ठोकियो। दुर्घटनामा कार सवार सबै पाँच जना गम्भीर रूपमा घाइते भए। सबैलाई 108 को माध्यमले कोरोनेशन/दून अस्पताल पठाइयो, जहाँ चिकित्सकहरूले चार जनालाई मृत घोषित गरे।

मृतकहरूको पहिचान अंकुश पुत्र अजीत निवासी पुरखास धीरन, जिल्ला सोनीपत, हरियाणा, पारस पुत्र जयकरण निवासी पुरखास धीरन, जिल्ला सोनीपत, हरियाणा, विनय पुत्र विजय निवासी पुरखास धीरन, जिल्ला सोनीपत, हरियाणा, नवीन पुत्र नरेश निवासी खेड़ी तहसील रोहतक हरियाणा, अंकित पुत्र राजेश निवासी मेरिडा, तहसील जुलाना, जिल्ला जीन्द, हरियाणाको रूपमा गरिएको छ। विनय पुत्र विजय निवासी पुरखास धीरन जिल्ला सोनीपत हरियाणाको अस्पतालमा उपचार चलिरहेको छ।

पुलिसको तर्फबाट मृतकहरू र घाइतेहरूका परिजनहरूलाई सूचना दिइएको छ। ट्रक चालक आफताब पुत्र जुल्फिकार (निवासी शेखपुरा कदीम थाना देहात कोतवाली सहारनपुर जिल्ला सहारनपुर) सित घटनाको सम्बन्धमा सोधपुछ भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande