इतिहासको पानामा 23 जूनः आफन्तहरूदेखि उपेक्षित र समाजबाट बहिष्कृत विधवाहरूको दिवस
बना


नयाँ दिल्ली, 22 जून (हि.स.)। प्रतिवर्ष 23 जूनमा अन्तरराष्ट्रिय विधवा दिवस मनाइन्छ। संयुक्त राष्ट्र महासभाले 23 जून 2011 मा पहिलो पल्ट अन्तरराष्ट्रिय विधवा दिवसको घोषणा गरेको थियो। यो दिवस विधवा महिलाहरूको समस्याहरूप्रति समाजमा जागरूकता फैलाउनका लागि मनाइन्छ। साथै यो समाजमा विधवाहरूको दुःखद अवस्थालाई पनि उजागर गर्दछ। अधिकतर स्थानहरूमा यस उपेक्षित वर्गको अदेखा गरिन्छ। एक अनुमान अनुसार, 115 मिलियन विधवा गरीबीमा बस्छन् र 81 मिलियन शारीरिक शोषणको शिकार हुन्छन्। यसमध्ये अनुमानित 40 मिलियन विधवा भारतमा छन्। 15000 विधवा उत्तर प्रदेशमा वृन्दावनका सड़कहरूमा एक्लो बस्छन्।

अन्य अहम घटनाः

1953 - जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीको कश्मीरमा कैदमा रहँदा अस्पतालमा मृत्यु भयो।

1980 - भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका जेठा छोरा संजय गान्धीको विमान दुर्घटनामा मृत्यु।

1985 - एयर इण्डियाको यात्री विमान आयरल्याण्ड तट नजिक हावामा दुर्घटनाग्रस्त भयो, 329 यात्रीको मृत्यु।

1992 – न्यूयार्कको सबैभन्दा ठूलो माफिया परिवारको प्रमुख गोत्तीलाई धोकाधड़ी र हत्याको पाँच मामिलामा जन्मकैदको सजाय।

1994 - संयुक्त राष्ट्र आम सभाले दक्षिण अफ़्रीकाको सदस्यतालाई स्वीकृति दियो, उत्तरी कोरियाद्वारा परमाणु कार्यक्रममाथि रोक लगाइने घोषणा।

1995 - संयुक्त राष्ट्र सुरक्षा परिषदले 50 वर्षको इतिहासमा 100औं प्रस्ताव (साइप्रसमा शान्ति सैनिकहरूको अवधि बढ़ाउने सम्बन्धमा) पारित गऱ्यो।

1996- शेख हसीना वाजिदले बंगलादेशको प्रधानमन्त्री पदको शपथ लिइन्।

2008 -प्रसिद्ध बंगाली अभिनेता सौमित्र चटर्जीलाई दादा साहब फाल्के पुरस्कार दिने चयन समितिले सिफारिश गऱ्यो।

-नेपालको तत्कालीन सरकारले संयुक्त राष्ट्र मिशनको अवधि बढ़ाउने स्वीकृति दियो।

2014- गुजरातको ‘रानी की वाव’ र हिमाचलको 'ग्रेट हिमालयन नेशनल पार्क' विश्व धरोहर सूचीमा सामेल भयो।

2016- ब्रिटेनका नागरिकहरूले यूरोपीय संघबाट छुट्टिने पक्षमा भोट दिए।

2017- मोहम्मद बिन सलमान सउदी अरबका नयाँ उत्तराधिकारी नियुक्त।

जन्म

1972 - संजीव कुमार बालियान - भारतीय जनता पार्टीका राजनीतिज्ञ हुन्।

1939 - सैयद शाहिद हाकिम - पूर्व भारतीय फुटबलर थिए।

1936 - एन. भास्कर राव - भारतीय राजनीतिज्ञ, जसको सम्बन्ध 'तेलुगु देशम पार्टी' सित छ।

1936 - प्रदीप कुमार ब्यानर्जी - भारतका सर्वश्रेष्ठ फ़ुटबल खेलाड़ीमध्ये एक हुन्।

1934 - चण्डी प्रसाद भट्ट - गान्धीवादी विचारक र सामाजिक कार्यकर्ता।

वीरभद्र सिंह - हिमाचल प्रदेशका वर्तमान मुख्यमन्त्री

1901 - राजेन्द्रनाथ लाहिड़ी - भारतका अमर शहीद प्रसिद्ध क्रान्तिकारीहरूमध्ये एक।

निधन

2015 - निर्मला जोशी - मदर टेरेसाको संस्था 'मिशनरीज अफ़ चैरिटीज' की प्रमुख थिइन्।

1980 - संजय गान्धी - कांग्रेस नेता एवं इन्दिरा गाँधीका जेठा छोरा।

वी.वी. गिरी - भारतका चौथो राष्ट्रपति।

1971 - श्रीप्रकाश - भारतका प्रसिद्ध क्रान्तिकारी र पाकिस्तानमा प्रथम उच्चायुक्त।

1953 - श्यामा प्रसाद मुखर्जी - महान् शिक्षाविद, चिन्तक साथै 'भारतीय जनसंघ' का संस्थापक।

1939 - गिजुभाई बधेका - गुजराती भाषाका लेखक र महान् शिक्षाशास्त्री थिए।

1914 - गंगाप्रसाद वर्मा - राजनेता तथा समाज सुधारक।

महत्त्वपूर्ण अवसर एवं उत्सव

अन्तरराष्ट्रिय विधवा दिवस

संयुक्त राष्ट्र लोक सेवा दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande