कोलकाता, 23 जून (हि.स.)। दक्षिण कोलकाताको कस्बा क्षेत्रमा भाड़ाको एउटा फ्ल्याटबाट तीन युवकलाई आतङ्की संगठन आईएसआईएससित कथित सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको छ। केन्द्रिय गोप्य एजेन्सीले गुप्त सूचनाको आधारमा कारबाही गर्दै यिनीहरूलाई आइतवार अबेर राति पक्राउ गऱ्यो। दिनको समय यिनीहरूलाई हिरासतमा लिइएको थियो र सोधपुछपछि पक्राउ गरियो। तीनैलाई गहन सोधपुछको निम्ति दिल्ली लगिएको छ।
सूत्रहरू अनुसार, गोप्य एजेन्सीहरूलाई आईएसआईएसका केही संदिग्ध सदस्य कोलकातामा लुकेका छन् र उनीहरूले सीधा सीरियासित सम्पर्क बनाएको जानकारी प्राप्त भएको थियो। यसैको आधारमा दिल्लीबाट आएको एक टीमले कस्बाको राजडांगा क्षेत्र स्थित फ्ल्याटमा छापा माऱ्यो। त्यहाँ बस्ने तीन युवकले आफूलाई आईटी पेशावर बताएका थिए तर जाँचमा शंका बढ्दै गयो। फ्ल्याटको तलाशी लिँदा एजेन्सीहरूले दुई वटा ल्यापटप पाए, जसमा धेरै संदिग्ध इलेक्ट्रोनिक दस्तावेज पाइयो। सोधपुछमा तीनै युवकले बारम्बार ध्यान भट्काउने र असंगत जवाफ दिइरहेका थिए। यसपछि यिनीहरूलाई दिल्ली लगेर विस्तारमा सोधपुछ गर्ने फसेला गरियो।
अधिकारीहरूको भनाई छ, हालमा आईएसआईएस एक पल्ट फेरि भारतमा सक्रिय भइरहेको छ र उसले अनलाईन माध्यमले नयाँ सदस्य जोड्ने प्रक्रिया तीव्र गरेको छ। सोशल मीडिया प्लेटफार्ममा फर्जी प्रोफाइल बनाएर युवाहरूलाई आफ्नो प्रभावमा लिँदैछ। यी प्रोफाइलहरूको माध्यमले पहिले मित्रता गरिन्छ, फेरि उनीहरूलाई गुप्त समूहहरूसित जोड़िन्छ। त्यहाँबाट ‘ब्रेनवश’ गरी बिस्तारै उनीहरूलाई संगठनको निम्ति काम गर्न तयार गरिन्छ। पक्रा परेका युवहरूको सम्बन्धमा यो पनि आशंका व्यक्त गरिएको छ कि उनीहरू पहिला आफै प्रभावित भए औं अब अन्य युवकहरूलाई प्रभावित गर्ने प्रक्रियामा थिए। गोप्य एजेन्सीहरूले यी युवकहरूको सम्पर्क कुन-कुन मानिसहरूसित थियो र के यो कुनै ठूलो नेटवर्कको हिस्सा हो भनी जाँच गरिरहेको छ।
अधिकारीहरू अनुसार, देशका विभिन्न राज्यहरूमा आईएसआईएससित जोड़िएको स्लीपर सेल पुनः सक्रिय भइरहेको छ। यी सेलहरूले यस्ता मानसहरूलाई खोजिरहेको छ, जसलाई सजिलै प्रभावित गर्नसकियोस्। यस नयाँ ट्रेन्डले सुरक्षा एजेन्सीहरूको चिन्ता बढ़ाएको छ र आउने समयमा यस्ता गतिविधिहरू विरूद्ध अझ् पनि सघन जाँच र निगरानी गर्नसकिन्छ। यस पूरा मामिलालाई गम्भीरताले लिँदै केन्द्रिय एजेन्सीहरूले जाँच तीव्र गरेको छ। आउने दिनहरूमा अझ् गिरफ्तारी हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी