गुजरात उपचुनाउः विसावदर सीटबाट आआप अगाड़ी, कडीमा भाजपाको स्थिति मजबुत
भोट


गान्धीनगर, 23 जून (हि.स.)। गुजरातको विसावदर र कडी विधानसभा सीटहरूमा भएको उपचुनाउको मतगणना जारी छ। कडी विधानसभा सीटमा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार राजेन्द्रकुमार (राजूभाई) दानेश्वर चावड़ाले बढ़त बनाएका छन्। विसावदर सीटमा आम आदमी पार्टी (आआप) उम्मेदवार गोपाल इटालिया अगाड़ी छन्।

चुनाउ आयोग अनुसार, 11 राउण्डको मतगणनापछि गुजरातको कडी विधानसभा सीटमा भाजपा उम्मेदवार राजेन्द्रकुमारलाई 49288 भोट हासिल भएको छ। उनी कांग्रेस उम्मेदवारभन्दा 21021 भोटले अगाड़ी छन्। कांग्रेसका रमेशभाई चावड़ा 28267 भोटहरूको साथ दोस्रो नम्बरमा छन्। विसावदर सीटमा आआप उम्मेदवार गोपाल इटालिया अघि छन्। आआप उम्मेदवार भाजपाको किरीट पटेलभन्दा 5658 भोटले अगाड़ी छन्। गोपाल इटालिया 38710 भोटको साथ सैभन्दा अगाड़ी छन्। भाजपा उम्मेदवार 33052 भोटको साथ दोस्रो नम्बरमा तथा कांग्रेसका नितिन नितिन रणपरिया 3750 भोटको साथ तेस्रो नम्बरमा छन्। मतगणनाको अझै राउण्ड अहिलेपनि बाकी छ। अन्तिम नतीजाको प्रतिक्षा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande