तेहरान, 23 जून (हि.स.)। अमेरिकाद्वारा ईरानमाथि सैन्य हमलाको जवाफमा ईरानको संसदले एक कड़ा कदम उठाउँदै विश्वको सबैभन्दा महत्वपूर्ण तेल मार्गहरूमध्ये एक 'होर्मुज जलडमरूमध्य' लाई बन्द गर्ने पक्षमा मतदान गरेको छ। यस कदमले वैश्विक बजारहरूमा असहजता बढ़ाएको छ र काँचो तेलको दरहरूमा तीव्र वृद्धिको आशंका गहिरिएको छ।
यद्यपि, यो मतदान बाध्यकारी छैन किनभने अन्तिम निर्णय़ ईरानको सुप्रीम नेशनल सिक्योरिटी काउन्सिलद्वारा लिइनेछ। तर यसले एउटा संकेत अवश्य दिन्छ कि तेहरान अब आफ्नो जवाबी कारबाहीमा कड़ा कदम उठाउनदेखि पछि हट्नेछैन।
राजनीतिक विश्लेषकहरूको भनाई छ, अमेरिका र इजराइलद्वारा ईरानको परमाणु ठेगानाहरूमाथि हमलापछि उत्पन्न तनाउले अब वैश्विक उर्जा सुरक्षालाई सीधा चुनौती दिइरहेको छ। त्यसमा ईरानी संसदको फसेलाले काँचो तेलको दरहरूमा 5 डलरसम्मको तत्काल वृद्धिको सम्भावना बढ़ेको छ। यस्तो स्थितिमा यदि समुद्री मार्ग बन्द भए तेल दरहरूमा अथाह वृद्धिले विश्वभरिमा महंगाई र आर्थिक अस्थिरता फैलिनसक्छ। यो स्थितिले वैश्विक मन्दीतिर लैजानसक्छ।
ज्ञात होस्, ब्रेन्ट क्रूड ओयलको दर अगावै शुक्रवारसम्म 77 डलर प्रति ब्यारलसम्म पुगिसकेको थियो, जुन जून मध्यदेखि लिएर अहिलेसम्म 10 प्रतिशतको वृद्धिलाई दर्शाउँछ। जानकारहरूको भनाई छ, आइतवार अबेर राति (यूके समयानुसार) जब वैश्विक बजार खोलिनेछ, तब यसमा अझ् वृद्धि हुनसक्छ।
तेलको निम्ति जीवनरेखा हो होर्मुज जलडमरूमध्य
होर्मुज जलडमरूमध्य फारसको खाड़ीदेखि बाहिर निस्किने प्रमुख मार्ग हो, जहाँबाट विश्वको कूल तेल खपतको लगभग 20 प्रतिशत हिस्सा भएर गुज्रिन्छ। यो जलमार्ग बन्द भए न केवल काँचो तेलको दरहरूमा तीव्र वृद्धि हुनेछ तर वैश्विक आपूर्ति श्रृंखलामाथि पनि गम्भीर असर पर्नसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी