मणिपुरः चार उग्रवादी पक्राउ, भारी मात्रामा हतियार र विस्फोटक जफत
मणि


सेना


इम्फाल, 23 जून (हि.स.)। मणिपुरमा उग्रवादमाथि लगाम कस्न सुरक्षा बलहरूले व्यापक स्तरमा अभियान चलाएको छ। यस अवधि न केवल भारी मात्रामा हतियार र विस्फोटक जफत भएको छ तर प्रतिबन्धित उग्रवादी संगठनहरूसित जोड़िएका धेरै जनालाई पक्राउ पनि गरिएको छ।

मणिपुर पुलिस प्रवक्ताले सोमवार बताए, जिरीबाम थाना क्षेत्रको माखाबस्ती क्षेत्रमा चलाइएको सघन खोजी अभियानमा अत्याधुनिक हतियारहरूको एक ठूलो खेप जफत गरियो। जफत गरिएको हतियारहरूमा एम4 कार्बाइन, इन्सास र एसएलआर राइफलहरू, देशी बन्दूकहरू, एक ग्रेनेड र 220 भन्दा धेरै जिउँदो कारतूस सामेल छ। यस बाहेक पीके जिलेटिन, कोर्डेक्स वायर र खाली पम्पी बम जस्ता विस्फोटक सामग्री पनि सामेल छन्।

यसैगरी 22 जूनमा इम्फाल ईस्ट जिल्लामा एक गोप्य सूचनाको आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित संगठन प्रीपाक (प्रो) का चार सदस्यहरू-थिङबाइजम फिलिप सिहं, राहत शिविरमा बसिरहेको लौरेम्बम कुमार मैतेई, लैशराम हरिदास र युमनाम आकाश सिंहलाई पक्राउ गरियो। यिनीहरूसित भएको सोधपुछको आधारमा पुलिसले पोरोमपट थाना अन्तर्गत कालिका पहाड़हरूमा लुकाइएको हतियारहरूको भण्डार भेटायो। यसमा चार एसएलआर, एक लाइट मशीन गन, संशोधित स्नाइपर राइफलहरू, ग्रेनेड, डेटोनेटर र 550 भन्दा धेरै कारतूस सामेल छ। यसमा प्रशिक्षणको निम्ति प्रयोग हुने कारतूस र स्मोक ग्रेनेड पनि पाइयो। यस बाहेक धेरै ट्यूब लाञ्चर र ग्रेनेड पार्ट्स पनि जफत भयो।

एक अन्य कारबाहीमा मणिपुर पुलिसले पीपल्स लिबरेशन आर्मीको 35 वर्षीय सदस्य सनासम राजेश मैतेईलाई इम्फाल वेस्टबाट पक्राउ गऱ्यो। यस क्याडरमाथि नंबोल क्षेत्रमा स्कूलहरू र क्लीनिकहरूबाट बलजफ्ती असूली गरेको आरोप छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande