प्रधानमन्त्री मोदी र भाजपाले श्यामा प्रसाद मुखर्जीलाई नमन गरे
श्यामा


नयाँ दिल्ली, 23 जून (हि.स.)। भारतीय जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीलाई आज उनको बलिदान दिवसमा कृतज्ञ राष्ट्रले याद गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा डा. मुखर्जीलाई नमन गरे।

उनले एक्स ह्याण्डलमा लेखेका छन्, डा. श्यामा प्रसाद मुखर्जीलाई उनको बलिदान दिवसमा कोटि-कोटि नमन। उनले देशको अखण्डतालाई अक्षुण्ण राख्नका लागि अतुलनीय साहस र पुरूषार्थको परिचय दिए। राष्ट्र निर्माणमा उनको अमूल्य योगदान सदैव श्रद्धापूर्वक याद गरिनेछ।

यस बाहेक दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भारतीय जनसंघक संस्थापक श्यामा प्रसाद मुखर्जीको बलिदान दिवसमा कार्यक्रमको आयोजन गरियो। केन्द्रिय मन्त्री एवं भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र अन्यले डा. मुखर्जीलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिए।

नड्डाले भने, आज डा. श्यामा प्रसाद मुखर्जीको पुण्यथितिमा सबै ठाउँ हाम्रा कार्यकर्ताहरूले उनको यादमा कार्यक्रम गरिरहेका छन्। उन बहुआयामी प्रतिभाका धनी थिए। भाजपाले आफ्नो एक्स ह्याण्डलमा डा. मुखर्जीलाई याद गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande