राष्ट्रिय स्वयंसेवक संघको प्रान्त प्रचारक बैठक दिल्लीमा 4 देखि 6 जुलाईसम्म
आर


नयाँ दिल्ली, 23 जून (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको वार्षिक प्रान्त प्रचारक बैठक 4 देखि 6 जुलाईसम्म दिल्लीको केशवकुंज सघ कार्यालयमा आय़ोजित हुनेछ। बैठकमा देशभरिका संघ पदाधिकारी, प्रशिक्षण वर्गहरूको समीक्षा र आगामी शताब्दी वर्षको योजनाहरूमाथि विचार गर्नेछन्। बैठकमा वर्ष 2025-26 को सरसंघचालकको प्रवास योजना, शताब्दी वर्षको गतिविधिहरूको क्रियान्वयन र हालैको प्रशिक्षणहरूको समीक्षा गरिनेछ।

संघका अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकर अनुसार, यो अखिल भारतीय बैठक 4 देखि 6 जुलाईसम्म दिल्लीको केशवकुंजमा हुनेछ। यसमा संघका 11 क्षेत्रका क्षेत्र प्रचारक एवं सह क्षेत्र प्रचारक र 46 प्रान्तका प्रान्त प्रचारक एवं सह प्रान्त प्रचारक सामेल हुनेछन्। संघ प्रेरित विविध संगठनहरूको अखिल भारतीय संगठन मन्त्री पनि बैठकमा सामेल हुनेछन्।

मार्च 2025 मा भएको प्रतिनिधि सभाको बैठकपछि अप्रेल, मई र जूनमा सम्पन्न भएको प्रशिक्षण वर्गहरूको समीक्षा तथा आगामी योजनाहरूको रूपरेखा तय गर्न यो बैठकले विशेष महत्व बोकेको छ। बैठकमा सरसंघचालक डा. मोहन भागवत, सरकार्यवाह दत्तात्रेय होसबाले, सबै सह सरकार्यवाह एवं अखिल भारतीय कार्य विभागहरूका प्रमुख, सह प्रमुख र कार्यकारिणी सदस्य उपस्थित रहनेछन्।

प्रान्त प्रचारक बैठक संघको अखिल भारतीय स्तरमा हुने तीन प्रमुख बैठकहरूमध्ये एक हो। संघले यस वर्षलाई शताब्दी वर्षको रूपमा मनाइरहेको छ। शताब्दी वर्षको कार्यक्रम विजयादशमी 2025 देखि विजयादशमी 2026 सम्म आयोजित गरिनेछ। यस वर्ष यो बैठक संघको शताब्दी वर्षको पूर्व तयारीको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्दैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande