गुवाहाटी, 23 जून (हि.स.)। कामाख्या धाममा जारी अम्बुबासी मेलाको दोस्रो दिन सोमवार श्रद्धालुहरूको भीड़ देखियो। देशभरिबाट आएका लाखौं भक्त माँ कामाख्या क्षेत्रमा साधनामा लीन भएका छन्। श्रद्धालुहरू, तान्त्रिकहरू र साधुहरूको टोलीले पर्वसित जोड़िएको पारम्परिक विधिहरूको पालन गर्दै विशेष अनुष्ठान गरिरहेका छन्। मन्दिर प्रबन्धन र प्रशासनले दर्शनको सुव्यवस्थाको निम्ति अतिरिक्त सुरक्षाकर्मी र स्वयंसेवक तैनाथ गरेको छ।
उल्लेख्य, यो मेला तान्त्रिक साधना र आध्यात्मिक उर्जाको निम्ति प्रसिद्ध छ र हरेक वर्ष लाखौं श्रद्धालु यसमा सामेल हुन्छन्। आइतवार प्रवृत्तिका साथै माँ कामाख्या मन्दिरको पट दर्शन र पूजनको निम्ति बन्द भएपछि साधना शुरू भइसकेको छ। अम्बुबासी मेलामा आस्था र प्रकृतिको च्रकको अद्भुत संगम देख्न पाइन्छ। शक्तिको उपासना र तान्त्रिक परम्पराहरूको जीवन्त प्रतीक अम्बुबासी मेलाको आयोजन माँ कामाख्या धाम, गुवाहाटीमा पूरा श्रद्धा भावले चलिरहेको छ। यो मेला न केवल धार्मिक मान्यताको केन्द्र हो तर सांस्कृतिक विविधता र अर्थव्यवस्थाको निम्ति पनि महत्वपूर्ण बनेको छ।
हरेक साल जून महिनामा मनाइने यो चार दिवसीय पर्व, माँ कामाख्याको ऋतुकालको प्रतीक हो। मान्यता छ कि यस अवधि देवी माँ रजस्वला हुन्छिन्, यसैले मन्दिरको गर्भगृहको द्वार तीन दिनको निम्ति बन्द रहन्छ। यी तीन दिनमा असमभरिमा खेती र धार्मिक गतिविधिहरू पनि रोकिन्छ। श्रद्धालुले भन्छन्, यो समय धरती माताको विश्रामको समय हो र उनलाई कुनै प्रकारले पनि विचलित गरिनुहुँदैन।
चौथो दिन, मन्दिरको द्वार भव्य पूजा-अर्चनाको साथ पुनः खोलिन्छ। यस अवसरमा लाखौं श्रद्धालु, साधु-सन्त, अघोरी र देश-विदेशबाट आएका साधक माँ-को दर्शनको निम्ति एकत्र हुन्छन्। यस वर्ष 5 लाखभन्दा धेरै श्रद्धालुहरू सामेल हुने सम्भावना छ। राज्य सरकारले यस भारी भीड़लाई ध्यानमा राख्दै सुरक्षा, स्वास्थ्य, भोजन र विश्रामको व्यापक व्यवस्था गरेको छ।
मन्दिर परिसर अहिले एक अद्भुत आध्यात्मिक ऊर्जाले भरेको छ। भस्म रमाएका साधु, त्रिशूल लिएका अघोरी, मन्त्रोच्चार र तान्त्रिक अनुष्ठानहरूको दृश्य एक विशिष्ट अनुभव रच्दछ, जसले अम्बुबासीलाई अन्य मेलाहरूदेखि अलग बनाउँदछ। यो मेला केवल धार्मिक नभएर स्थानीय व्यवसाय, पर्यटन र परिवहन सेवाहरूका लागि आर्थिक संजीवनी पनि बनेको छ।
मेलामा पुग्ने श्रद्धालुहरूको सेवाको निम्ति विभिन्न सामाजिक एवं शैक्षिक संगठनहरूद्वारा अन्य एवं जल सेवा उपलब्ध गराइँदैछ। सफाई एवं सुरक्षाको व्यवस्था दुरूस्त देखिएको छ। यो पूरा क्षेत्र यस अवधि धर्ममय देखिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी