डोनाल्ड ट्रम्पले आगामी हप्ता ईरानसित चर्चा गर्ने
ट्रम्प


हेग, 26 जून (हि.स.)। उत्तरी अटलान्टिक सन्धि संगठन (नाटो) शिखर सम्मेलनमा हिस्सा लिन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता ईरानसित चर्चा गर्ने बताएका छन्। उनले यो स्पष्ट गरेनन् कि चर्चाको प्रारूप के हुनेछ। ईरान-इजराइलमा युद्ध विरामपछि स्थिति अनुकूल बनिरहेको छ, उनले भने।

द न्यूयार्क टाइम्स समाचार पत्रको खबर अनुसार, ट्रम्पले हिजो हेगमा नाटो शिखर सम्मेलनमा संवाददाताहरूलाई भने, ईरान आफ्नो परमाणु महत्वाकांक्षालाई त्याग्न तयार छ। यसैले अब चर्चा गर्नमा कुनै आपत्ति छैन। र ईरान र इजराइलबीच युद्ध विराम दोस्रो दिनमा प्रवेश गरेको छ। अब दुवै देशबाट कुनै अप्रिय खबर आइरहेको छैन।

ट्रम्पले भने, यदि अमेरिकाले ईरानको परमाणु सुविधा केन्द्रहरूमाथि आक्रमण नगरेको भए शायद ईरान समझौताको निम्ति तयार हुनेथिएन। यस अवधि उनले मंगलवार जारी एक प्रारम्भिक अमेरिकी गोप्य रिपोर्टका निष्कर्षहरू विरूद्ध पनि तीखो प्रतिक्रिया व्यक्त गरे। यसमा भनिएको थियो, ईरानको परमाणु सुविधाहरूमा अमेरिकाको हमलाहरूले देशको महत्वकांक्षाहरूलाई केवल केही महिलाको निम्ति पछि धकेलेको छ। ट्रम्पले दोहोऱ्याए कि हमलाहरूले ईरानको परमाणु कार्यक्रमलाई ध्वस्त पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande