देहरादून, 26 जून (हि.स.)। रूद्रप्रयागको घोलतीर क्षेत्रमा बिहिवार बिहान एउटा टेम्पो ट्रेवलर अनियन्त्रित भएर अलकनन्दा नदीमा झऱ्यो। यस दुर्घटनामा दुई यात्रीको मृत्यु भयो भने आठ जना घाइतेलाई रेस्क्यू गरी जिल्ला चिकित्सालय पठाइएको छ। दुर्घटनामा 10 यात्री बेपत्ता बनेका छन् जसलाई खोज्न रेस्क्यू कार्य जारी छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले बताए, युद्ध स्तरमा राहत एवं बचाउ कार्य जारी छ।
जिल्ला आपदा प्रबन्ध अधिकारी नन्दन रजवारले भने, टेम्पो ट्रेवलर बद्रीनाथतिर गइरहेको थियो, जुन घोलतीर क्षेत्रमा अनियन्त्रित भएर अलकनन्दा नदीमा झऱ्यो। रेस्क्यू टीमहरूले त्वरित राहत एवं बचाउ कार्य शुरू गर्दै घाइतेहरूलाई उपचारको निम्ति अस्पताल पुऱ्याएका छन्। घटनास्थलमा रेस्क्यू अभियान जारी छ। घटनास्थलमा एसडीआरएफ, पुलिस बल र स्थानीय प्रशासनका टीमहरू राहत कार्यहरूमा जुटेका छन्।
मुख्यमन्त्री पुष्कर सिंह धामीले सोशल मीडिया एक्समा लेखेका छन्, जिल्ला रूद्रप्रयागमा एउटा टेम्पो ट्रेवलर नदीमा झरेको समाचार अत्यन्त दुःखद छ। एसडीआरएफ सहित अन्य बचाउ दलहरूद्वारा युद्ध स्तरमा राहत एवं बचाउ कार्य गरिँदैछ। यस सम्बन्धमा निरन्तर स्थानीय प्रशासनको सम्पर्कमा छु। ईश्वरसित सबै जना सकुशल हुने प्रार्थना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी