बेङ्गलुरु, 28 जून (हि.स.)। इण्डियन प्रीमियर लिग (आईपीएल) 2025 को जितपछि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को उत्सवको क्रममा बेङ्गलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडको सम्बन्धमा केन्द्र सरकारले तीन आईपीएस अधिकारीहरूको निलम्बनलाई स्वीकृति प्रदान गरेको छ। यस घटनामा एघार जनाले ज्यान गुमाए भने धेरै घाइते भएका थिए।
यस दुर्घटनापछि, राज्य सरकारले तीन वरिष्ठ आईपीएस अधिकारीहरूलाई निलम्बन गरेको थियो, जसमा बेङ्गलुरु शहरका पुलिस आयुक्त बी. दयानन्द, उप पुलिस आयुक्त विकास कुमार र शेखर सामेल थिए। राज्य सरकारले उनीहरू विरुद्ध गरिएको कारबाहीको प्रतिवेदन डीपीएआर मार्फत केन्द्रमा पठाएको थियो र अब केन्द्र सरकारले यो प्रतिवेदनलाई विचार गरी अनुमोदन गरेको छ।
आरसीबी टीमको जितको उत्सव मनाउन बेङ्गलुरुको चिन्नास्वामी स्टेडियम नजिकै हजारौं प्रशंसकहरू ठूलो संख्यामा भेला भएका थिए। यस समयमा, भागदौड मच्चियो जसमा 11 जनाको मृत्यु भयो र धेरै घाइते भए। घटनापछि, एक जॉंच समिति गठन गरियो र त्यसको सिफारिसको आधारमा राज्य सरकारले कर्तव्य पालनामा लापरवाही गरेको भन्दै वरिष्ठ अधिकारीहरूलाई निलम्बन गरेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी