सीतापुर, 28 जून (हि.स)। उत्तर प्रदेशको एन्टी टेररिस्ट स्क्वाड (एटीएस) ले जाली नोटहरूको तस्करीमा सामेल एक व्यक्तिलाई सीतापुरबाट पक्राउ गरेको छ।
वस्तुतः एटीएसले शुक्रवार जाली नोटहरू छापेर यूपीका विभिन्न जिल्लाहरूमा सप्लाई गर्ने गिरोहको पर्दाफास गरेको थियो। यस गिरोहमा सामेल गुटको लीडर समेत तीन आरोपीलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा लखनऊ एटीएस थानामा मामिला दर्ता गरिएको छ। यी आरोपीहरूसित सोधपुछमा एटीएसलाई सूचना प्राप्त भएको थियो कि यस मामिलामा सीतापुर जिल्ला निवासी अनस अहमद पनि जाली नोट सप्लाईको कार्यमा लिप्त छ। यसपछि एटीएसले शनिवार योजना बनाएर सीतापुरको सिधौली अहमदपुर जट मार्गबाट अनसलाई पक्राउ गरेको छ। उदेखि एक लाख पाँच हजार रूपियाँको जाली नोट जफत भएको छ। पुलिस अनुसार, आरोपीले स्वीकार गऱ्यो कि जफत गरिएका नोट सबै जाली हुन् र उसलाई यी नोटहरू बागपत निवासी गजेन्द्र यादवले बेच्न दिएको थियो।
उल्लेख्य, एटीएसले जाली नोट छाप्ने र तस्करी गर्ने गिरोहका सदस्यहरूलाई हापुड़ जिल्लाबाट पक्राउ गरेको थियो। उनीहरूदेखि 3.90 लाख रूपियाँको जाली नोट बाहेक अन्य समान जफत गरिएको थियो। पक्रा पर्नेहरूको पहिचान हापुड़ जिल्ला निवासी गजेन्द्र यादव र नयाँ दिल्ली निवासी सद्धार्थ झा र बुलन्दशहर निवासी विजय वीर चौधरीको रूपमा भएको छ। यस गिरोहको मुखिया गजेन्द्र यादव लखन रेलवे स्टेशन पिलखुआमा पोस्टम्यानको पदमा तैनाथ थियो।
ान्तोक, 28 जून (हि.स.)
---------------
हिन्दुस्थान समाचार / भवानी थामी