नयाँ दिल्ली, 28 जून (हि.स.)। देशका धेरै हिस्साहरूमा मनसून सक्रिय भएको छ र बिहार तथा छत्तीसगढ़मा जमेर पानी परिरहेको छ। भारत मौसम विज्ञान विभाग (आईएमडी) ले बिहारका 23 जिल्लामा भारी वर्षा र चट्याङलाई लिएर अलर्ट जारी गरेको छ। यसमध्ये 11 जिल्लामा अरेन्ज अलर्ट र 12 जिल्लामा येलो अलर्ट जारी गरिएको छ।
अरेन्ज अलर्ट भएका जिल्लाहरूमा तीव्र वर्षा, चट्याङ र 40 किमी प्रति घण्टासम्मको तीव्र हावा चल्ने आशंका व्यक्त गरिएको छ जबकि येलो अलर्ट भएका क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गया, भागलपुर, लखीसराय र सासारामका पहाड़ी क्षेत्रहरूमा विगतका दिनमा राम्रो वर्षा दर्ता गरियो जबकि पटना र आरामा हल्का पानी पऱ्यो। यद्यपि, तापक्रममा कुनै विशेष ह्रास आएको छैन। बिहारमा आगामी पाँच दिनसम्म मौसम सामान्य बनिरहने सम्भावना छ र अधिकतम तापक्रम 32 देखि 35 डिग्री सेल्सियस तथा न्यूनतम 24 देखि 26 डिग्री सेल्सियसबीच रहनेछ।
आईएमडी अनुसार, एक सक्रिय द्रोणिका दक्षिण-पश्चिम राजस्थानदेखि बांग्लादेशसम्म फैलेको छ, जसबाट बिहारमा आर्द्रता बनेको छ र वर्षाको स्थिति अनुकूल छ। मौसम विभागले चेताउनी दिएको छ कि 29 जूनतिर बंगालको खाड़ीको उत्तरी हिस्सामा एक नयाँ चक्रवाती सिस्टम बन्नसक्छ, जसबाट राज्यको मौसममा ठूलो परिवर्तन र भारी वर्षा हुनसक्छ। छत्तीसगढ़मा पनि मनसून सक्रिय भएको छ। रायपुरमा अबेर रातिदेखि रोकिन्दै तीव्र वर्षा जारी छ र धेरै क्षेत्रहरूमा पानी जमा हुने स्थिति बनेको छ। प्रदेशका 33 जिल्लामा येलो अलर्ट जारी गरिएको छ, जसमा सूरजपुर र बलरामपुरमा बिजुलीगर्जनको साथ भारी वर्षको चेताउनी दिइएको छ।
आईएमडी अनुसार, आगामी दिनहरूमा हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी