पटना, 28 जून (हि.स.)। बिहारले भारतीय लोकतन्त्रको इतिहासमा एक नयाँ डिजिटल क्रान्तिको शुरूआत गरेको छ। देशमा पहिलो पल्ट मोबाइलबाट ई-भोटिङको सुविधालाई वास्तविकतामा परिणत गर्दै तीन जिल्लाका 6 नगरपालिकामा भएको उपचुनाउमा हजारौं मतदाताहरूले घर बसी आफ्नो मताधिकारको प्रयोग गरे।
पूर्वी चम्पारण जिल्लाको पकड़ी दयाल निवासी विभा देवीले देशको पहिलो महिला ई-भोटर बनेर इतिहास रचिन्, जबकि मुन्ना कुमारले पहिलो पुरूष ई-भोटरको रूपमा भोट हाले। ई-भोटिङको माध्यमले कूल 67 प्रतिशत मानिसले आफ्नो मताधिकारको प्रयोग गरे।
बक्सर जिल्लाकी प्रेमावती देवी, जो आयुको कारण पहिले मतदान केन्द्र जान सक्थिनन्, उनले पनि आज मोबाइलबाट पहिलो पल्ट भोट हालेर गर्व महसूस गरिरहेकी छन्। उनले भनिन्, मोबाइलबाट भोट हाल्नु सजिलो थिएन तर नानीहरूले सिकाए औं मैले घर बसी नै लोकतन्त्रमा हिस्सा लिए।
ई-भोटिङ बिहान 7 बजीदेखि दिउँसो 1 बजीसम्म भयो। 67 प्रतिशत ई-भोटर्सले मतदानमा हिस्सा लिए। 80 साल वा त्यसभन्दा अधिक आय़ुका बुजुर्ग, गर्भवती महिलाहरू, दिव्याङ्ग, असाध्य रोगले पीड़ित र प्रवासी बिहारीहरूलाई ई-मतदानको अवसर दिइयो। बिहार निर्वायन आयोग अनुसार यो एक पायलट प्रोजेक्ट हो, जसको सफलता पूरा देशमा ई-भोटिङ प्रणालीको विस्तारको सम्भावनाहरू खोल्नसक्छ। नगर पञ्चायतको निम्ति भएको मकदानको नतीजा 30 जूनमा घोषित गरिनेछ।
बिहार राज्य चुनाउ आयुक्त दीपक प्रसादले बताए, 80 वर्षभन्दा अधिक आयुका बुजुर्ग, दिव्याङ्ग, गर्भवती महिला, असाध्य रोगहरूले ग्रसित व्यक्ति र प्रवासी बिहारी मतदाताले मोबाइलको माध्यमले ई-भोटिङ प्रक्रियाको लाभ उठाउनसक्छन्। यद्यपि, यसको निम्ति अगावै रजिस्ट्रेशन गराउनु अनिवार्य हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी