भाजपाले कोलकाता सामूहिक दुष्कर्मको जाँचको निम्ति गठन गऱ्यो चार सदस्यीय कमिटी
भाजपाले कोलकाता सामूहिक दुष्कर्मको जाँचको निम्ति गठन गऱ्यो चार सदस्यीय कमिटी


नयाँ दिल्ली, 28 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले शनिवार कलकत्ता ल कलेजमा एक छात्राको साथ भएको सामूहिक दुष्कर्मको घटनाको जाँचको निम्ति चार सदस्यीय कमिटीको गठन गरेको छ। यस घटनाको निन्दा गर्दै भाजपा अध्यक्ष जेपी नड्डाले स्थितिको समीक्षा गरे।

यस सम्बन्धमा शनिवार राष्ट्रिय महासचिव अरूण सिंहले बयान जारी गरी भने, राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पश्चिम बंगालको कलकत्ता ल कलेजमा एक छात्राको साथ भएको सामूहिक दुष्कर्मको घोर निन्दा गरेका छन्। यस घटनाको भर्त्सना गर्दै उनले प्रदेशमा कानून व्यवस्थामाथि चिन्त व्यक्त गरेका छन्। यस गम्भीर घटनाको तथ्यहरूको जाँचको निम्ति चार सदस्यीय कमिटीको गठन गरिएको छ।

यस कमिटीमा मुम्बईका पूर्व पुलिस कमिशनर सतपाल सिंह, पूर्व सांसद मीनाक्षी लेखी, लोकसभा सांसद बिप्लब देव र राज्यसभा सांसद मनन कुमार मिश्रा सामेल छन्। यस कमिटीले छिट्टै नै घटनास्थलको दौड़ाह गर्नेछ औं आफ्नो रिपोर्ट राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई सुम्पिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande