प्रधानमन्त्री मोदीलाई ‘धर्म चक्रवर्ती’ सम्मान, विज्ञान भवनमा गुञ्जियो भारत माताको जयको उद्घोष
मोदी


नयाँ दिल्ली, 28 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिवार राष्ट्रिय राजधानी स्थित विज्ञान भवनमा आयोजित भव्य समारोहमा ‘धर्म चक्रवर्ती’ को प्रतिष्ठित उपाधिले सम्मानित गरियो। यो समारोह जैन सन्त आचार्य विद्यानन्द महाराजको 100औं जयन्तीको उपलक्ष्यमा आयोजित गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री मोदीले जैन समाज र देशवासीहरूलाई सम्बोधित गर्दै भने, यो दिन भारतको आध्यात्मिक चेतनाको निम्ति महत्वपूर्ण क्षण हो।

प्रधानमन्त्रीले जस्तै आफ्नो भाषणमा भने, जसले हामीलाई जिस्क्याउनेछ.... त्यस्तै पूरा विज्ञान भवन भारत माताको जयको नारा र थपड़ीले गुञ्जियो। मोदीले मुस्कुराउँदै भने, म जैनीहरूको कार्यक्रममा छु, अहिंसामा विश्वास राख्नेहरूबीच छु। मैले त अहिले आधा वाक्य नै बोलेको थिए, तपाईले पूरा गरिदिए। तपाईले 'अपरेशन सिन्दूर' लाई आशीर्वाद दिइरहेका थिए, जस्तो लाग्छ।

यस अगाड़ी प्रधानमन्त्रीले आचार्य विद्यानन्द महाराजको शताब्दी वर्ष समारोहको औपचारिक उद्घाटन गरे, जसलाई भारत सरकार भगवान महावीर अहिंसा भारती ट्रस्टको संयुक्त तत्वावधानमा वर्षभरि मनाइनेछ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले आचार्य विद्यानन्द मुनिराजको जन्मशताब्दीको यो पुण्य पर्व, उनको अमर प्रेरणाहरूले ओतप्रोत यो आयोजनले हामी सबैलाई गहिरो आध्यात्मिक भावसित जोड्दछ। 28 जूनको यो मिति यसैले पनि खास छ किनभने वर्ष 1987 मा यही दिन आचार्य विद्यानन्दलाई आचार्य पदको उपाधि प्राप्त भएको थियो। यो केवल एक सम्मान थिएन तर संयम, विचार र करूणासित जोड़िएको एक पवित्र परम्पराको आरम्भ थियो।

‘धर्म चक्रवर्ती’ को उपाधि स्वीकार गर्दै उनले भने, म आफूलाई यस उपाधिको योग्य मान्दिन तर हाम्रो परम्परा छ कि सन्तहरूबाट जेपनि प्राप्त हुन्छ, त्यसलाई प्रसाद स्वरूप स्वीकार गरिन्छ। म यसलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र भारत माताको चरणहरूमा अर्पित गर्दछु।

प्रधानमन्त्रीले 'नवकार महामन्त्र दिवस' मा दिइएका नौ संकल्पहरूको पनि याद दिलाए- जसमा जल संरक्षण, एउटा बिरूवा आमाको नाम, स्वच्छता, वोकल फर लोकल, प्राकृतिक खेती, योग, खेल, गरीबी उन्मूलन र भारतीय दर्शनलाई अपनाउने जस्ता संकल्प सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande