नयाँ दिल्ली, 28 जून (हि.स.)। कोलकाताको ल कलेजमा एक छात्राको साथ सामूहिक दुष्कर्मको घटनामा भारतीय जनता पार्टी (भाजपा) ले तृणमूल सरकारलाई घेर्दै मुख्यमन्त्रीबाट राजीनामाको माग गरेको छ। भाजपाले आरोप लगायो कि कलकत्ता ल कलेज सामूहिक दुष्कर्मको मुख्य आरोपी टीएमसीसित सम्बन्धित छ।
भाजपा मुख्यालयमा शनिवार आयोजित प्रेसवार्तामा प्रवक्ता डा. सम्बित पात्राले भने, यस भयावह घटनाले पूरा देश दुःखी छ। बंगालमा महिलाहरू विरूद्ध यस प्रकारको जघन्य अपराध बारम्बार प्रकाशमा आईऱहेको छ, यस्तो राज्य जहाँ एक महिला मुख्यमन्त्री छिन्, यो दुःखद हो। यहाँ महिलाहरूको साथ यति क्रूरता किन ? ममता ब्यानर्जीले पश्चिम बंगालवासीहरूबाट माफी माग्नुपर्छ र राजीनामा दिनुपर्छ।
पात्राले भने, यौन उत्पीड़नको पीड़िताले आफ्नो शिकायतमा भनिन्, तीनै आरोपीले 25 जून साझँ 7.30 बजीदेखि 10.50 बजीबीच कलेज परिसरमा अपराधलाई परिणाम दिए। जुन मुख्य आरोपी छ, जसको नाम मोनोजीत मिश्रा हो, जो टीएमसीको स्टूडेन्ट विङको सेक्रेटरी रहेको छ, उक्त कलेजको पूर्व छात्र हो, स्वयं टीएमसीको सदस्य हो। बंगालमा जे भइऱहेको छ, त्यसलाई लिएर हामी सबै धेरै दुःखी छौं। बंगालमा महिलाहरूको साथ यस प्रकारको क्रूर व्यवहार सहन गर्न मिल्दैन। ममता ब्यानर्जीले राजीनामा दिनुपर्छ।
उनले पीड़िताको शिकायत बताउँदै भने, आरोपीहरूमध्ये एकले पीड़ितासित बिहे गर्नु पनि भनेको थियो। जब पीड़िताले अस्वीकार गरिन्, तब उनीहरूले क्रूर अपराध गरे। य़ो भयावह घटना कलेजको गार्ड रूमभित्र भयो। गार्डहरूलाई परिसर छोड्ने निर्देश दिइएको थियो। दुःखको कुरा यो हो कि गार्ड छेवैमा उपस्थित थिए तरैपनि अपराध भयो। क्रूरताको स्तर अकल्पनीय छ। पीड़ितालाई हकी स्टिकले निर्ममतापूर्वक कुटियो। कुटपिटमा जब उसलाई अस्थमा अटेक हुँदा उसले आफ्नो इनहेलरको निम्ति गुहार लगाइन् र अस्पताल जाने भीक मागिन् तर उनीहरूले दया देखाएनन्। टीएमसीका यी गुण्डाहरूद्वारा गरिएको अत्याचार राजनीतिक संरक्षणमा व्याप्त अराजकता र क्रूरताको गहराईलाई दर्शाउँछ।
उनले भने, कोलकाताको यस घटनामा टीएमसी सांसद कल्याण ब्यानर्जीको लाजमर्दो टिप्पणी सत्तारूढ़ पार्टीको छक्क पार्ने मानसिकतालाई दर्शाउँछ। कल्याण ब्यानर्जीले भने, यदि कुनै साथीदेखि साथीको बलात्कार गरे के गर्न सकिन्छ ? के कलेज राज्यको अधिकार क्षेत्रदेखि बाहिर छ ? या पश्चिम बंगालमा कानून र व्यवस्था भन्ने चीज छैन ?
हिन्दुस्थान समाचार / भवानी थामी