इम्फाल, 28 जून (हि.स.)। मणिपुर पुलिसले छुट्टाछुट्टै कारबाहीमा छ जना उग्रवादीलाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले बताए अुनसार, पहिलो कारबाहीमा इम्फाल पश्चिम जिल्लाको इम्फाल पुलिस थाना अन्तर्गत सामुदायिक हल नजिकै थाङ्गमेइबन्द थिङ्गेल लेईकाईबाट तीन उग्रवादीलाई पक्राउ गरियो। पक्राउ पर्नेहरूमा अहीबाम जनसन सिंह उर्फ खोङथाङ (27), निङथौजम स्कोलिया देवी उर्फ चाओबा (25) र सलाम बिनीता देवी उर्फ बेम्मा उर्फ तमन्ना सामेल छन्।
यसरी नै इम्फाल ईस्ट जिल्लामा गरिएको एक कारबाहीमा पुलिसले पोरोमपत पुलिस स्टेशन अन्तर्गत वाङखेई निङथेम पुखरी मापलबाट केसीपी (पीडब्ल्यूजी) का दुई कार्यकर्तालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम लैशराम सूरज सिंह उर्फ इबुङ्गो (33) र अशंगबी देवी (34) बताइएको छ। टीमले उनीहरूबाट एउटा स्कूटर, 10 हजार रूपियॉं, मोबाइल फोन र एउटा आधार कार्ड बरामद गरेको छ।
लमलई पुलिस स्टेशन, इम्फाल ईस्ट अन्तर्गत चिङरेल तेजपुरमा गरिएको तेस्रो अपरेशनमा पुलिसले इम्फाल वेस्टको समुरौ अवाङ लेइकाईको नोङमेकपम जिलिश मैतेई (29) लाई पक्राउ गरेको छ। उनीमाथि निजी फर्म र जनताबाट जबरजस्ती पैसा उठाएको आरोप छ।
मणिपुर पुलिसले राज्यव्यापी रूपमा आपराधिक गतिविधिहरूमा सामेल उग्रवादी तत्वहरू विरुद्ध निरन्तर कारबाही गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी