उधमपुरः जैश आतङ्कीहरूको खोजमा तेस्रो दिन पनि अभियान जारी
उधमपुरः जैश आतङ्कीहरूको खोजमा तेस्रो दिन पनि अभियान जारी


जम्मू, 28 जून (हि.स.)। उधमपुर जिल्लाको बसन्तगढ़ बेल्टको जंगली क्षेत्रहरूमा पाकिस्तान स्थित जैश-ए-मोहम्मद (जेईएम) का तीन आतङ्कीहरूको खोजमा अभियान शनिवार तेस्रो दिनपनि जारी छ।

सुरक्षाबलहरूको संयुक्त टीमद्वारा घेराबन्दी र खोजी अभियान चलाइँदैछ। बिहिवार सुरक्षा बलहरूको साथ भिड़न्तमा पाकिस्तान स्थित जैश-ए-मोहम्मदको एक आतङ्की मारिएको थियो जबकि उसका तीन सहयोगी बसन्तगढ़ बेल्टको जंगली क्षेत्रहरूमा फंसेका छन्। बहुस्तरीय घेराबन्दीलाई मजबुत गर्नबीच संयुक्त अभियान समूहले आफ्नो परिधि बढ़ाएको छ। खोजी अभियान आज बिहान ड्रोन र खोजी कुकुरहरूको मद्दतले फेरि शुरू भयो।

अधिकारीहरूले भने, समूहको बाकी आतङ्कीहरूलाई समाप्त गर्न अतिरिक्त सुदृढ़ीकरणको साथ घेराबन्दीलाई अझ् मजबुत गरिएको छ। पुलिस महानिरीक्षक भीम सेन टूटीले भने, आतङ्कीहरू अहिलेपनि घेराबन्दीमा रहेको सूचना छ। चार आतङ्कीमध्ये एक समूहको कमान्डर मारिएको छ। यस समूहमा एक सालभन्दा अधिकदेखि नजर राखिँदैथियो। यस समूहबाट जैश-ए-मोहम्मदसित जोड़िएका दुई आतङ्कीलाई गत साल सेप्टेम्बरमा बसन्तगढ़मा मारिएको थियो।

बिहिवार चार आतङ्की बिहालीका अग्ला क्षेत्रहरूमा करूर नाला नजिक लुकेको पाइए र सेनाको प्यारा कमान्डरहरूको नेतृत्वमा संयुक्त खोजी दलले उनीहरूलाई घेऱ्यो। जसपछि भिड़न्तमा मारिएको आतङ्कीको पहिचान पाकिस्तानको हैदर उर्फ जब्बारको रूपमा भएको छ, जसको कोड नेम मौलवी थियो।

अधिकारीहरू अनुसार, ओवरग्राउण्ड वर्कर्स (ओजीडब्ल्यू) को मद्दतले आतङ्की जंगलहरू र प्राकृतिक गुफाहरूको प्रयोग गरी लुक्न एक क्षेत्रदेखि अर्को क्षेत्रमा गइऱहेका थिए। आतङ्कीहरूलाई भोजन र आश्रय दिने मामिलामा गत धेरै महिनादेखि बेल्टमा पाँच ओजीडब्ल्यूलाई पक्राउ गरिएको छ।

यो पनि भनिन्छ कि एक स्थानीय आतङ्की जो धेरै वर्षपछि पाकिस्तानबाट फर्केको थियो, सक्रिय रूपमा समूहको समर्थन गरिरहेको छ। अधिकारीहरूले भने, सैनिकहरूद्वारा गरिएको तलाशीमा मारिएको आतङ्कीको शव, गोला-बारूद, विस्फोटक सामग्री र नगदी जफत भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande