नयाँ दिल्ली, 28 जून (हि.स.)। देशमा शून्य खुराक भएका नानीहरूको प्रतिशत साल 2023 मा 0.11 देखि घटेर 2024 मा 0.06 प्रतिशत भएको छ। बाल मृत्यु दर अनुमानको निम्ति संयुक्त राष्ट्र अन्तर-एजेन्सी समूहको 2024 को रिपोर्टमा या जानकारी प्रकाशमा आएको छ। शून्य खुराक भएका नानीहरू ती हुन् जसले डिप्थीरिया, टेटनस र पर्टुसिस (डीटीपी) टीकाको पहिलो खुराक पाएका छैनन्।
यूएन-एमएमईआईजी 2000-2023 को रिपोर्ट अनुसार, भारतको एमएमआर प्रति लाख जीवित जन्महरूमा 80 छ, जसले 1990 देखि 48 प्रतिशतको वैश्विक कमीको परिप्रेक्ष्यमा 86 प्रतिशतको ह्रासलाई दर्शाउँछ।
यूएनआईजीएमई 2024 को रिपोर्ट अनुसार, भारतले पाँच वर्षभन्दा कम आय़ुका नानीहरूको मृत्यु दरमा 78 प्रतिशतको ह्रास हासिल गरेको छ, जुन वैश्विक कमी 61 प्रतिशतभन्दा अधिक हो र नवजात मृत्यु दरमा 70 प्रतिशतको ह्रास आएको छ जबकि 1990 – 2023 मा वैश्विक स्तरमा यो 54 प्रतिशत थियो। स्वास्थ्य मन्त्रालयले शनिवार एक बयानमा बतायो, शून्य खुराक कार्यान्वयन योजना 2024 मा 11 राज्यको 143 जिल्लाहरूमा शुरू गरिएको छ, जहाँ टीकाकरणबाट वञ्चित नानीहरूको संख्या धेरै छ। राज्य सरकारहरूको सहयोगले 2017 मा द्रूत गतिमा गरिएको मिशन इन्द्रधनुष अन्तर्गत 5.46 करोड़ नानीहरू र 1.32 करोड़ गर्भवती महिलाहरूको टीकाकरण गरिएको छ।
राष्ट्रिय टीकाकरण दिवस र उप-राष्ट्रिय टीकाकरण दिवसको माध्यमले भारतले 2014 देखि पोलियो-मुक्त स्थिति बनाएर राखेको छ। टीकाकरणप्रति भारतको अटूट प्रतिबद्धता, यसको सार्वभौमिक टीकाकरण कार्यक्रममा देखिन्छ, जसमा सालाना 2.9 करोड़ गर्भवती महिलाहरू र 2.6 करोड़ शिशुहरू (0-1 वर्ष) लाई निःशुल्क टीकाकरण सेवाहरू प्रदान गरिन्छ। हाम्रा स्वास्थ्य सेवा कर्मी आशा र एएनएमले देशभरिमा 1.3 करोड़भन्दा अधिक टीकाकरण सत्र आयोजित गर्छन्। भारतलाई प्रतिबद्ध प्रयासहरूका लागि 06 मार्च 2024 मा वाशिङ्गटन डीसी, यूएसएमा अमेरिकन रेड क्रस मुख्यालयमा मीजल्स एण्ड रूबेला पार्टनरशिप (अमेरिकन रेड क्रस, बीएमजीएफ, जीएवीआई, यूएस सीडीसी, यूएनएफ, यूनिसेफ र डब्ल्यूएचओ) द्वारा प्रतिष्ठित मीजल्स एण्ड रूबेला च्याम्पियन पुरस्कारले सम्मानित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी