सिक्किमका पूर्व राज्यपाल अस्वस्थ, मुख्यमन्त्रीले गरे भेट
सिक्किमका पूर्व राज्यपाल अस्वस्थ, मुख्यमन्त्रीले गरे भेट


गान्तोक, 03 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान सिलगढ़ीको स्थानीय एक नर्सिङ होममा उपचाराधिन सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसॅंग भेट गरे। पूर्व राज्यपाललाई मेडिकल इमरजेन्सीपछि अस्पतालमा भर्ती गरिएको जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल मार्फत दिएका छन्।

मुख्यमन्त्रीले पूर्व राज्यपाल प्रसादको कल्याणको बारेमा जानकारी लिए। उनले पूर्व राज्यपालको शीघ्र स्वास्थ्यलाभ र आगामी दिनहरूमा पनि सुस्वास्थ्यको कामना गरेका छन्।

उल्लेखनीय छ, सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद सिक्किमको राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा 29 मईका दिन आयोजित कार्यक्रममा भाग लिन सिक्किम आएका थिए। यस क्रममा गत 1 जूनका दिन उनी माङ्गलेस्थित तेस्रो आईआरबी मुख्यालयमा सिक्किम पुलिसद्वारा आयोजित कार्यक्रममा पनि सहभागी बनेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande