उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम
उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार


पाकिम, 03 जून (हि.स.)। उत्तर सिक्किममा फसेका 34 जना मानिसहरूको पहिलो समूह आज सुरक्षित पाकिम ग्रीनफिल्ड अवाई अड्डामा आइपुगे। दुईवटा एमआई-17 वी5 हेलीकप्टर बिहान 34 जना लिएर उत्तर सिक्किमको छातेनबाट उड्यो र पाकिम हवाई अड्डामा अवतरण गऱ्यो।

उद्धार गरिएका मानिसहरूमा घाइते सेनाका जवानहरू पनि सामेल छन्, जो अहिले उपचाराधिन अवस्थामा रहेका छन्। अन्यहरूमा, घाइते जवानहरूका परिवार र क्षेत्रमा फसेका पर्यटकहरू सामेल छन्।

उल्लेखनीय छ, गत आइतवार छातेनस्थित सैन्य शिविरमा पैह्रोको चपेटमा परेर तीन जवान बलिदान भए भने चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनास्थलमा अझै पनि 6 जना बेपत्ता छन्। उत्तर सिक्किममा भारी वर्षाका कारण पैह्रोले सडक सम्पर्क अवरुद्ध बनेको छ।

उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार कार्य शुरू गरिएको छ। यद्यपि, प्रतिकूल मौसम उद्धार कार्यमा वाधा बनिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande