गान्तोक, 03 जून (हि.स.)। उत्तर सिक्किममा प्राकृतिक प्रकोपपछि राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) खोज एवं उद्धार कार्यको निम्ति मैदानमा अघि आएको छ। मंगलवार बिहान एनडीआरएफ कर्मचारीहरूको टोली लिएर दुईवटा वी-5 हेलीकप्टर पाकिमस्थित ग्रीनफिल्ड एयरपोर्टमा अवतरण गऱ्यो।एनडीआरएफ एकाइहरू सेटेलाइट फोन र आवश्यक आपतकालीन उपकरणहरूले सुसज्जित छन्।
अत्यावश्यक सामग्रीहरूले सुसज्जित 23 जना एनडीआरएफ कर्मचारीहरू बिहान पाकिम ग्रीनफिल्ड एयरपोर्टबाट उत्तर सिक्किमको छातेनतर्फ प्रस्थान गरेको छ। यस तैनातीको उद्देश्य सुदूर क्षेत्रमा स्थलगत प्रयासहरूलाई बलिलो बनाउनु रहेको छ, जहॉं हालैका प्राकृतिक प्रकोपहरूका कारण पहुँच गम्भीर रूपले बाधित बनेको छ। टोलीहरूले प्रभावित क्षेत्रहरूमा निकासी, उद्धार र अस्थायी सञ्चार लाइनहरू स्थापना गर्न मद्दत गर्नेछन्।
अधिकारीहरूले मौसमको वर्तमान स्थितिको आधारमा वैकल्पिक पैदल मार्गहरू खोज्न र हेलीप्याड सञ्चालनको सम्भाव्यताको आकलन गर्न निर्देश जारी गरेका छन्। एनडीआरएफ टोलीहरूले समयमै सहायता सुनिश्चित गर्न प्रयासहरू गर्ने बताइएको छ।
उल्लेखनीय छ, उत्तर सिक्किममा अविरल वर्षाले जनधनलाई व्यापक क्षति पुगेको छ भने सामान्य जन जीवन अस्त-व्यस्त बनेको छ। गत आइतवार राति छातेनस्थित सैन्य छाउनीमा गएको पैह्रोको चपेटमा परेर भारतीय सेनाका तीन जवान बलिदान भए। अझै पनि 6 जना बेपत्ता छन् भने खोज एवं उद्धार जारी जारी रहेको छ।
गत 29 मई राति उत्तर सिक्किमको मुन्शिथाङ छेउ वाहन दुर्घटना भएको थियो भने वाहनका चालकसहित 9 जना पर्यटक अझै पनि बेपत्ता छन्। भारी वर्षाका कारण पैह्रो झरेपछि र टिस्टा नदीको जलस्तर अत्यधिक बढेपछि खोज एवं उद्धार कार्य प्रभावित बनेको छ।
हिन्दुस्थान समाचार / बिशाल