नलबाड़ीको बरखेत्रीमा प्रशासनको बेदखली अभियान
नलबाड़ीको बरखेत्रीमा प्रशासनको बेदखली अभियान


नलबाड़ी (असम), 30 जून (हि.स.)। नलबाड़ी जिल्लाको बरखेत्री क्षेत्रान्तर्गत बकरिकुची क्षेत्रमा प्रशासनद्वारा बेदखली अभियान संचालन गरिँदैछ। सरकारी जमीनबाट अवैध अतिक्रमणलाई हटाउनको लागि यो कारबाही सोमवार बिहानदेखिकै गरिँदैछ।

प्रशासनले व्यापक सुरक्षा प्रबन्धबीच 93 परिवारको घरमा बुलडोजर चलाएको छ। यस अवधि प्रभावित परिवारहरूमा भाग-दौड़ मच्चियो भने परिवेश पनि आक्रोशित बनेको देखियो। स्थानीय मानिसहरूको आरोप छ, पुनर्वासको व्यवस्था नगरी उनीहरूको घर-परिवारलाई उजाड़िँदैछ जसले गर्दा बाल-बालिका, बुजुर्ग सबै खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।

प्रशासनिक अधिकारीहरूको भनाइ छ, यो जमीन वन विभागको हो। यसअघि धेरै चोटि अतिक्रमणकारीहरूलाई नोटिस पठाइसकिएको छ। अधिकारीहरू अनुसार यो बेदखली अभियान चरणबद्ध रूपमा जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande