डिमा हासाओमा भाजपा कार्यकर्ताहरूले हातमा थाल बोकेर प्रदर्शन गरे
डिमा हासाओमा भाजपा कार्यकर्ताहरूले हातमा थाल बोकेर प्रदर्शन गरे


डिमा हासाओ (असम), 30 जून (हि.स.)। डिमा हासाओ जिल्लामा सोमवार भारतीय जनता पार्टी (भाजपा)- का हजारौं कार्यकर्ताहरूले अनौठो ढंगमा विरोध प्रदर्शन गर्दै हात-हातमा थाल बोकेर जिल्ला आयुक्त कार्यालय समक्ष धरना दिए। यस प्रदर्शनमा ती छात्र अनि अभिभावकहरूले भाग लिए जसलाई मध्याह्न भोजन योजनाबाट वञ्चित राखिएको थियो साथै केही ठेकादारहरू पनि सामेल भए जसको भुक्तान लामो समयदेखिकै थाँतीमा रहेको छ।

प्रदर्शनकारीहरूले माग गरे, आगामी 15 जुलाईपूर्व डिमा आसोआ स्वायत्त परिषदका मुख्य कार्यकारी सदस्य (सीईएम) देवलाल गार्लोसालाई अपदस्थ गरियोस्। भाजपा कार्यकर्ताहरूले आरोप लगाे, गार्लोसाको कार्यशैली तानाशाहीपूर्ण छ र उनले जनकल्याणका योजनाहरूको क्रियान्वयनमा भेदभाव गर्दछन्।

प्रदर्शनकारीहरूले यो पनि माग गरे, ठेकाको बाँकी बिलहरूलाई चाँड़ै भुक्तान गरियोस्। बीपीएल श्रेणीका विद्यार्थीहरूलाई नियमित मध्यान्ह भोट (मिड-डे मील) प्रदान गरियोस् साथै राज्य सरकारद्वारा घोषित लाभकारी योजनाहरूलाई यथाशीघ्र लागू गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande