बोकाखात ग्रेनेड विस्फोटका दुई आरोपी एनकाउण्टरमा घाइते
बोकाखात ग्रेनेड विस्फोटका दुई आरोपी एनकाउण्टरमा घाइते


गोलाघाट (असम), 30 जून (हि.स.)। बोकाखातमा एक एनकाउण्टरको घटना घट्यो जसमा पुलिसको जवाफी कारबाहीमा दुईजना आरोपीहरू क्रमैले भवेश कलिता र सञ्जीव बरूवा घाइते भए। यी दुई बोकाखातको पानबाड़ीस्थित सीआरपीएफ क्याम्पमा हालैमा भएको ग्रेनेड विस्फोटको घटनामा संलिप्त थिए।

पुलिसले सोमवार बतायो, लुकाएको हतियारहरूलाई जफ्त गर्नको लागि पुलिसकर्मीहरूले यिनीहरूलाई आफूसित लिएर गइरहेका थिए, यसै अवधि आरोपीहरूले आफूले लुकाएको पेस्तोलले पुलिसमाथि गोली चलाउने प्रयास गरे। जवाफी कारबाहीमा पुलिसले पनि गोली चलायो जसमा दुवैको खुट्टामा गोली लाग्यो। घाइते आरोपीहरूलाई उपचारको लागि गए आइतवार अबेर राती जोरहाट मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

उल्लेखनीय छ, गत 24 जूनमा भएको ग्रेनेड हमलाका मुख्य आरोपीहरू क्रमैले अंकुर दास र रूपज्योति दासलाई ग्रेनेड भवेश र सञ्जीवले दिएका थिए। यस हमलापछि 26 जूनमा पुलिसले तेजपुर अनि लखिमपुरबाट यी दुवै आरोपीहरूलाई पक्राउ गरेको थियो। ग्रेनेट विस्फोट मामिलामा अहिलेसम्ममा छःजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ भने पुलिस अग्रिम जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande