गोलाघाट (असम), 30 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार दिनको शुरूआत देरगाउँस्थित लाचित बरफुक्न पुलिस अकादमीबाट गरे। उनले यहाँ अकादमीको नवनिर्मित परिसरको निरीक्षण गरे। मुख्यमन्त्रीले नवनिर्मित परिसरमा वृक्षरोपण पनि गरे। मुख्यमन्त्रीले पुलिसको सलामी ग्रहण गरे। मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट बताए, यो क्षण उनको लागि अत्यन्त स्मरणीय रह्यो।
मुख्यमन्त्रीले राज्यको ऐतिहासिक तथा पवित्र आध्यात्मिक स्थल श्री श्री आठखेलिया नामघरको पनि भ्रमण गरे।उनले यहाँ नवनिर्मित नामघरको उद्घाटन गरे साथै दीप प्रज्जवलन गरी असमवासीहरूको निम्ति मंगलकामना सहित प्रभुका चरणहरूमा प्रार्थना अर्पण गरे।
राज्य सरकारद्वारा यस धार्मिक स्थलको विकासको निम्ति दिइएको वित्तीय सहयोगबाट अतिथिगृह, महाप्रसाद गृह समेत अन्य केही निर्माण कार्य पूरा गरिएको छ। मुख्यमन्त्रीले यहाँ श्रद्धालुहरूसित केही समय बिताए। श्री श्री आठखेलिया नामघरा आएर मुख्यमन्त्री भावविभोर भएको देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा