काशीको कोतवाल बाबा कालभैरवको दरबारमा गृहमन्त्री अमित शाहको विरोधमा उजुरी
काशीको कोतवाल बाबा कालभैरवको दरबारमा गृहमन्त्री अमित शाहको विरोधमा उजुरी


वाराणसी, 30 जून (हि.स.)। काशीको कोतवाल मानिने बाबा कालभैरवको दरबारमा एक जना श्रद्धालुले केन्द्रिय गृहमन्त्री अमित शाह विरूद्ध धार्मिक अपमानको आरोप लगाउँदै उजुरी दर्ता गरेका छन्।

सोमवार दरबारमा पुगेका श्रद्धालु अनुपम रायले बाबा कालभैरवलाई सम्बोधन गर्दै एक लिखित उजुरी सुम्पिए जसमा उनले गृहमन्त्रीको आचरणप्रति आपत्ति जनाए अनि उनलाई सनातन धर्मको परम्पराहरूप्रति श्रद्धा राख्ने सल्लाह दिए। उजुरीमा श्रद्धालुले उल्लेख गरेका छन्, गत 24 जूनको दिन केन्द्रिय गृहमन्त्री अमित शाह बाबा कालभैरवको दर्शन गर्न आएका थिए। गर्भगृहमा विधिवत दर्शन औ पूजन पश्चात मन्दिरको परम्परा अनुसार पुजारीले उनलाई अभिमन्त्रित झारफुक गर्ने प्रक्रिया गरिरहेका थिए। यस अवधि गृहमन्त्रीले पुजारीलाई बीचमै रोकेर भने, अब भयो, नगर।

श्रद्धालुको भनाइ छ, मन्त्रोच्चारणलाई बीचमा रोक्नु मन्त्रको मात्र नभएर देवता, पुजारी एवं सम्पूर्ण धर्माचारको अपमान हो। उजुरीमा माग गरिएको छ, बाबा स्वयंले यस घटनाको संज्ञान लिउन् र काशीका जनता अनि सनातन धर्मप्रति न्याय होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande