कंग्रेसले राजस्थानका तीन जना नेताहरूलाई बिहार चुनाउको लागि बनायो पर्यवेक्षक
कंग्रेसले राजस्थानका तीन जना नेताहरूलाई बिहार चुनाउको लागि बनायो पर्यवेक्षक


जयपुर, 30 जून (हि.स.)। बिहार विधानसभा चुनाउको लागि कंग्रेसले राजस्थानका तीन जना नेताहरूलाई पर्यवेक्षक बनाएको छ। यस वर्षको अन्तमा हुने बिहार विधानसभा चुनाउको लागि कंग्रेसले देशभरिबाट 58 जना पर्यवेक्षकहरूलाई नियुक्त गरेको छ। पार्टीका राष्ट्रिय संगठन महामन्त्री केसी वेणुगोपालले पर्यवेक्षकहरूलाई नियुक्ति गर्ने आदेश जारी गरेका छन्। यसमा राजस्थानका तीन जना नेताहरूलाई पर्यवेक्षक बनाइएको छ।

नियुक्त गरेका पर्यवेक्षकहरूमा राजस्थानका विधायक अशोक चाँदना, विधायक मनीष यादव औ सीताराम लाम्बाको नाम सामेल छन्। अशोक चाँदना बुन्दीको हिण्डोलीबाट कंग्रेसको तेस्रो पटकसम्म विधायक बनिसकेका छन् भने मनीष यादव जयपुर जिल्लाको शाहपुराबाट पहिलो पटक विधायक चयन भएका छन् जबकि सीताराम लाम्बा हाल युवा कंग्रेसका राष्ट्रिय महासचिव हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande