पूर्वी चम्पारण, 30 जून (हि.स.)। भारत-नेपाल सीमामा अवस्थित मैत्री पुलको फुटपाथमा गए आइतवार अबेर साँझ त्यसबेला तनाउ उत्पन्न भयो जतिबेला सशस्त्र सीमा बल (एसएसबी) 47औं बटालियनका जवानहरूले नयाँ पोस्टको निर्माण कार्य शुरू गरे। यो स्थान भारतको ल्याण्ड कस्टम क्षेत्रमा अवस्थित छ।
निर्माण कार्यको सूचना पाउनसाथ कस्टम अधिकारीहरूले घटनास्थलमा पुगेर यसलाई अवैध बताउँदै निर्माण कार्यलाई रोक्ने प्रयास गरे। उनीहरूले स्पष्ट रूपमा भने, ल्याण्ड कस्टम एरियामा अन्य कुनै एजेन्सीलाई अनुमति बिना निर्माण गर्ने अधिकार छैन न त त्यहाँ स्थायी रूपमा तैनाथ हुने वैधानिक अधिकार नै छ।
यसबीच ठूलो संख्यामा एसएसबीका जवानहरू हतियार सहित घटनास्थलमा पुगे अनि क्षेत्रलाई घेराबन्दी गरेर निर्माण कार्य शुरू गरे। स्थिति त्यो बेला अझ जटिल भयो जतिबेला नेपाल सशस्त्र प्रहरी (एपीएफ)- को परसा जिल्लाका डीएसपी लोकेन्द्र बहादुर सुब्बा पनि घटनास्थलमा पुगे। उनले भारतद्वारा नो मेन्स ल्याण्डमा भइरहेको निर्माणलाई भारत-नेपाल मैत्री सम्बन्धको उल्लंघन बताउँदै यसको विरोध गरे।
घटना स्थलमा उपस्थित एसएसबी 47औं बटालियनका असिस्टेन्ट कमाण्डेन्ट दिव्यांशु चौहान, नेपालका डीएसपी औ कस्टम अधिकारीहरूबीच यस मुद्दामा लामो चर्चा भए पनि कुनै हल निक्लिनसकेन। कस्टम अधिकारीहरूले बताए, यस मामिलामा हरैया थानालाई सूचना दिइएको छ र कस्टम अधीक्षकद्वारा अवैध अतिक्रमण विरूद्ध एफआईआर दर्ता गराउने आवेदन गरिएको छ।
एसएसबी 47 बटालियनका असिस्टेन्ट कमाण्डेन्ट दिव्यांशु चौहानले बताए, भारत-नेपाल सीमाको सुरक्षालाई लिएर 15 किलोमीटरको दायरा पर्दछ। सीमा सुरक्षालाई लिएर अस्थायी पोस्ट निर्माण गराइँदैछ। यसरी नै कस्टम आयुक्त मोहन कुमार मीणाले बताए, कस्टम एरियामा एसएसबीले गरिरहेको अवैध निर्माणलाई लिएर पूर्वी चम्पारमका डीएम र एसपीलाई सूचना दिइएको छ। निर्देशानुसार अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा