शिमला, 30 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय स्वास्थ्य मन्त्री तथा राज्यसभामा सदनका नेता जे.पी. नड्डा आगामी 2 जुलाईमा आफ्नो गृह जिल्ला बिलासपुर भ्रमणमा आइरहेका छन्। त्यस दिन उनी बिहान 9:30 बजी सर्किट हाउस बिलासपुरमा आइपुग्नेछन्।
यस आशयबारे जानकारी गराउँदै बिलासपुर सदरका विधायक त्रिलोक जम्वालले पार्टीका सबै समर्पित कार्यकर्ता अनि समर्थकहरूसित समयमै सर्किट हाउसमा पुगेर नड्डालाी स्वागत गर्ने अनि कार्यक्रममा आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्ने अनुरोध गरे। यस अवधि नड्डाले आफ्नो पैतृक निवासमा आयोजना हुने एक पारिवारिक कार्यक्रममा पनि भाग लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा