कोलकाता, 30 जून (हि.स.)। सोमवार बिहान परेको मुसलधारे पानीले कोलकाताको मध्य क्षेत्रस्थित केही मुख्य सड़कहरू पानीमा डुबे। शहरमा गए आइतवार रातिदेखि नै लगातार परिरहेको मुसलधारे पानीले जनजीवनलाई प्रभावित पारेको छ। सेन्ट्रल एभेन्यु, एमजी रोड तथा ठनठनिया कालीबाड़ी जस्ता व्यस्त क्षेत्रहरूमा पानी भरिएको कारण बिहान अफिस, स्कूल र कलेज जानेहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो। मेट्रो सेवामा पनि तकनिकी बाधाले यात्रीहरूको समस्यालाई अझ बढ़ाइदियो।
कोलकाता ट्राफिक पुलिसले जानकारी दिएको छ, शहरको कुनै पनि सड़कलाई बन्द राखिएको छैन। यद्यपि एमजी रोड, ठनठनिया कालीबाड़ी औ अमहर्स्ट स्ट्रीटका केही भागहरूमा पानी भरिएकोले वाहनहरूको गति मन्द भएको छ। पुलिसको भनाइ छ, बिस्तारै जल निकासी भइरहेको छ र चाँड़ै नै स्थिति सामान्य हुने आशा छ।
स्थानीय मानिसहरूले नगरनिगम अनि प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अफिस गइरहेकी अस्मिता घोषले भनिन्, “एमजी रोडमा पानी भरिएको छ। रातिदेखि नै पानी परिरहेको छ, तर अहिलेसम्म पनि पानी निकालिएको छैन, यो अत्यन्त दुःखको कुरा हो।” यसरी नैरातुल दत्तले भने, “प्रत्येक वर्ष नै भन्ने गरिन्छ, अब ठनठनियामा पानी जमिने छैन, तर बर्खा लागेपछि स्थिति जस्ताको तस्तै। आज पनि विभिन्न असुविधाको सामना गर्नुपरिरहेको छ।”
वर्षा अनि जलभराउको कारण शहरको गतिमा ब्रेक अवश्यक लागेको छ, तर प्रशासनको दाबी छ, जलनिकासीको काम द्रूत गतिमा भइरहेको छ। चाँड़ै नै स्थिति सामान्य हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा