कोलकाता, 30 जून (हि.स.)। बंगालको खाड़ीमा निर्मित गहिरो निम्नचापले राज्यभरि नै घनाभन्दा घना वर्षा लिएर आइरहेको छ। मौसम विभागले मंगलवारसम्म घना वर्षा अनि समुद्रमा छाल आउने चेताउनी जारी गरेको छ। साथै समुद्रमा मछुआरहरूको प्रवेशमाथि रोक लगाइएको छ।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार बंगालको खाड़ीको उत्तर-पश्चिमी भागमा बनिएको गहिरो निम्नचाप हाल बंगलादेश र गंगेय पश्चिममा सक्रिय भएको छ। यो बिस्तारै पश्चिम अनि उत्तर-पश्चिम तर्फ बढ़्दै ओड़िशा र झारखण्डसम्म पुग्नेछ। यसको साथै एउटा ट्रफ रेखा पनि राजस्थानसम्म फैलिएको छ जसले मौसमी सिस्टमलाई अझ सक्रिय बनाइरहेको छ।
राज्यका अधिकांश भागहरूमा सोमवारदेखि मंगलवारसम्म भारीभन्दा अति भारी वर्षा हुने चेताउनी दिइएको छ। विशेष गरी दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया औ बाँकुड़ामा वर्षाको प्रभाव अधिक रहनेछ। दक्षिण बंगालमा दिनभरि नै बादल लाग्नेछ भने कुनै-कुनै ठाउँमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ।
उत्तर बंगालमा पनि सोमवारदेखि बुधवारसम्म कुनै-कुनै ठाउँमा घना वर्षा हुने सम्भावना छ। लगभग सबै जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। मौसम विभागले आगामी शुक्रवारदेखि फेरि वर्षा बढ़्ने चेताउनी दिएको छ।
मौसमको यस स्थितिलाई मध्यनजर गर्दै बंगाल अनि ओडिशा तटका मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ। यो प्रतिबन्ध मंगलवारसम्म लागू रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा