हूल दिवसमा ममता ब्यानर्जीले आदिवासी समुदायलाई दिइन् शुभकामना
हूल दिवसमा ममता ब्यानर्जीले आदिवासी समुदायलाई दिइन् शुभकामना


कोलकाता, 30 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार 'हूल दिवस'- को अवसरमा विशेष रूपमा सन्थाल समुदाय सहित सबै आदिवासी दाज्यु-भाइ एवं दिदी-बहिनीहरूलाई शुभकामना दिइन्। उनले यस ऐतिहासिक दिनमा सन्थान विद्रोहका नायकद्वय सिद्धु र कान्हु मुर्मूलाई श्रद्धाञ्जलि अर्पण गरिन् साथै उनीहरूको संघर्षलाई आज पनि प्रेरणाश्रोत बताइन्।

मुख्यमन्त्रीले एक्स (पूर्वमा ट्विटर)-मा लेखिन्, हूल दिवसको अवसरमा आफ्ना सबै आदिवासी दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हृदयबाटै सम्मान प्रकट गर्दछु। शासकहरूको अत्याचार र शोषण विरूद्ध सिद्धु-कान्हुको नेतृत्वमा भएको सन्थालहरूको संघर्षले आज पनि हामीलाई प्रेरित गर्दछ।

ममता ब्यानर्जीले यो पनि भनिन्, राज्य सरकारले जंगलमहलमा स्थापित एक विश्वविद्यालयको नाम यी दुई वीर आदिवासी नेताहरूको सम्मानमा राखिएको छ। यो विश्वविद्यालय ‘सिद्धु-कान्हु-बिरसा विश्वविद्यालय’- को नाममा पुरुलिया जिल्लामा स्थापना गरिएको छ।

हरेक वर्ष 30 जूनमा मनाइने 'हूल दिवस' वर्ष 1855-मा भएको सन्थाल विद्रोहको स्मृतिमा मनाइन्छ। यो विद्रोह सिद्धु र कान्हु मुर्मूको नेतृत्वमा ब्रिटिश शासन अनि स्थानीय जमीनदारहरूको शोषणको विरोधमा भोगनाडीह गाउँ (जुन वर्तमानमा झारखण्डमा छ)-बाट शुरू भएको थियो।

यो आन्दोलनलाई आदिवासी समाजका अधिकारहरूको रक्षाको लागि गरिएको ऐतिहासिक संघर्षको प्रतीक मानिन्छ र आज पनि यसले समाजमा जनजागरण अनि आत्मसम्मानको भावनालाई प्रबल बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande