सिलगढ़ी, 30 जून (हि.स.)। शहरमा उपद्रवीहरूको मनोबल बढ़दै गइरहेको छ। यसपालि उपद्रवीहरूले सोमवार भोर बिहान घरभित्रैै पसेर वृद्ध महिलामाथि कुटपिट गरी सुनका गहनाहरू लिएर टाप कसे। यस्तो सन्त्राषपूर्ण मामिला सिलगढ़ीको दक्षिण शान्तिनगर क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार भोर बिहान तीनजना हतियारधारी उपद्रवीहरू वृद्ध महिला श्यामोली चक्रवर्तीको घरमा पसे। उनीहरूले वृद्ध महिलामाथि कुटपिट गरी मुखमा कपड़ा खाँदिदिए, त्यसपछि वृद्धाको सुनको चुरा, बाली लुटेर भागे।
वृद्ध महिलाले बताइन्, घरमा तीनजना मानिसहरू आएका थिए। सबैले अनुहार ढाकेका थिए। उपद्रवीहरूले मेरो मुखमा कपड़ा खाँदिदिए अनि ममाथि कुटपिट पनि गरे। पछि वृद्धा छेवैको कोठामा पसेर आफ्नो छोरालाई घटनाको जानकारी दिइन्। घटनापछि पीड़ित परिवारको पक्षबाट पुलिसलाई सूचित गरिएको छ।
उल्लेखनीय छ, केही दिनअघि पनि दक्षिण शान्तिनगर क्षेत्रस्थित एउटा घरमा दुस्साहसिक चोरीको घटना भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा