सिलगढ़ी, 30 जून (हि.स.)। प्रधान नगर थानाको पुलिसले मल्लागढ़ी क्षेत्रमा अभियान संचालन गरी आग्नेयास्त्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी झारखण्ड निवासी हो। उसको कब्जाबाट एउटा जिउँदो कारतूस पनि जफ्त गरिएको छ।
सूत्र अनुसार गए आइतवार अबेर राती प्रधान नगर थानाको पुलिसले मल्लागढ़ी क्षेत्रमा अभियान चलायो। यस अभियान अवधि एकजना संदिग्ध व्यक्तिलाई जाँचबुझको लागि हिरासतमा लिइयो। जाँचबुझपछि व्यक्तिको जाँच गर्दा उसित रहेको आग्नेयास्त्र जप्त गरियो। त्यसपछि व्यक्तिलाई पक्राउ गरियो।
पुलिसले सन्देह व्यक्त गरेको छ, संदिग्ध व्यक्ति कुनै ठूलो घटनालाई परिणाम दिनको लागि झारखण्डदेखि सिलगढ़ी आएको थियो। प्रधान नगर थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा